तेह्रथुम जिल्लाको सक्रान्ति बजारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सोमवार देखि इलाका प्रशासन कार्यालयको सुरुवात गर्ने भएको छ । सो कार्यलय संचालनमा अाए पछि स्थानियलाइ नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, लगायत अन्य प्रशाशनिक काम गर्न सहज हुने बताइएको छ ।
इलाका प्रशासन कार्यालय बाट आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिवु गाविसबासीले लाभ लिनेछन् ।
जेठ ३ गते विहान ११ बजे विशेष कार्यक्रमका गरी प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले उद्घाटन गर्ने तयारी भएको छ ।
कार्यालयको आफ्नै भवन नबनुन्जेल सम्मका लागि जगदम्बा औषधालयको भवनमा कार्यालय सन्चालनको गरिने छ ।