वर्षायाममा छालामा हुने अनेकौँ संक्रमणमध्ये खुट्टाको औंलाको कापमा हुने संक्रमण एक हो । जसलाई हिलोले खाएको पनि भनिन्छ ।
यस्तो समस्या फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो भएर पनि आउन सक्छ । यो चिलाउने तथा सुन्निने गर्छ र बेलैमा उपचार नहुँदा यसले हिँड्न गाह्रो बनाउँछ ।
यसबाट बच्नका लागि तल दिइएका टिप्स याद राख्नुहोलाः
– खुट्टालाई ओसिलो र तातो स्थानमा नराख्ने ।
– आवश्यक्ता परेमा एन्टि फंगल क्रिम लगाउनुपर्छ ।
– खुट्टालाई खुला राख्नुपर्छ, गुम्साएमा समस्या आउँछ ।
– मोजा सूतीको हुनुपर्छ, साथै सफा पनि ।
१. घिउकुमारी
संक्रमण भएको ठाउँमा घिउकुमारीको जेल लगाउने र मसाज गर्नुपर्छ । हामीले दिनमा दुई तीन पटकसम्म यसको प्रयोग गरे यो छिटै निको हुन्छ ।
२. टि ब्याग
प्रयोग गरिसकेको टि ब्यागमा टेनिक एसिड हुन्छ । जसले फंगल इन्फेक्सन रोक्छ । चार कप उमालेको पानीमा चार वटा टि ब्याग राख्नुपर्छ । त्यसमा २०, ३० मिनेट खुट्टा डुबाएर राख्नुपर्छ ।
३. नुन र बेसार
तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने गर्नुपर्छ । केहि समय खुट्टा डुबाएपछि सफा कपडा वा कपासले खुट्टाको काप सफा गर्नुपर्छ ।
४. लसुनको पेस्ट
लसुनमा एन्टिब्याक्टेरियल गुण हुँदा संक्रमण हटाउन सहयोग गर्छ । लसुनको दुई केस्राको पेस्ट बनाएपछि केहि थोपा ओलिभ आयल मिसाउने र प्रभावित भागमा लगाउने गनुपर्छ । करिब आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुनुपर्छ । केहि दिनसम्म यसो गर्दा घाउ जाती हुन्छ ।