तुलसी एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी भाइरल गुण प्रतिरोधी क्षमताका लागि उत्कृष्ट मानिन्छ । गुणकारी तत्वले भरपुर तुलसीको पातको उपयोग विभिन्न प्रकारको उपचारमा गरिन्छ ।
यसका फाइदाहरुः
-तुलसीको पातको चिया दैनिक पिउँदा यसले हाम्रो छालामा निखार ल्याउनुका साथै यसले चाउरी पर्ने गतिलाई पनि ढिलो पार्छ ।
-तुलसीको पात हाम्रो पेटका लागि निकै फाइदाजनक हुन्छ र यसले तीब्र गतिमा मोटाबोलिजम प्रणालीलाई दुरुस्त राख्छ ।
-तुलसीको पातले ग्यास, एसिडिटी वा विभिन्न प्रकारको पाचन क्रियासँग सम्बन्धित समस्यामा पनि राहत दिन्छ ।
-तुलसीको पातमा शरीरलाई डिटक्स गर्ने क्षमता हुन्छ । यसको गुणकारी तत्वले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न निकै उपयोगी हुन्छ ।
-तनाव अर्थात् स्ट्रेससँग सम्बन्धित समस्यामा पनि तुलसीको पात निकै प्रभावकारी मानिन्छ । यसको पातमा भएको एडेप्टोजनले मानसिक तनावलाई कम गर्नका लागि निकै फाइदाजनक मानिन्छ ।
-चिसो मौसममा रुघा खोकीको समस्या साधारण मानिन्छ । यस्तो समस्यामा पनि तुलसीको पातले शरीरलाई राहत पुर्याउने काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।