हामी हप्ताका सात दिनमध्ये कुनै एकमा जन्मन्छौँ । धर्मशास्त्रले जन्मेको बार अनुसार फल पाइने जनाउँछ ।
यस्ता छन् फलहरुः
आइतवार जन्मने व्यक्तिहरू युद्धप्रिय, परमचतुर, तेजस्वी, दानी, महा उत्साही र पित्त प्रकृतिवाला रहन्छन् ।
सोमवार जन्मने व्यक्ति शान्त स्वभावको, बुद्धिमान्, प्रियवक्ता, राज्य वा नेतामा आश्रित, सुखदुःखलाई समान रूपले हेर्ने र धनी व्यक्ति हुन्छन् ।
मङ्गलवार जन्मने व्यक्ति कुटिल अर्थात चलाख बुद्धि भएका, कर्मशील, युद्धप्रिय, महाबली, सेनापति या समाजसेवी हुन्छन् ।
बुधवार जन्मने व्यक्ति पढाइलेखाइबाट जीवका आर्जन गर्नेवाला, प्रियवक्ता, पण्डित, विद्वान्, बुद्धिमान्, सुन्दर अनुहार भएका र सुख सम्पत्तिले युक्त रहन्छन् ।
बिहीवार जन्मने व्यक्ति धनवान्, विवेकी, देश विदेशमा मान्य, विद्वान् र राजकीय पदले युक्त रहन्छन् ।
शुक्रवार जन्मने व्यक्ति चञ्चल स्वभाव भएको, आस्था कम भएको, धन कमाउन सक्ने र काममा लिप्त रहने, बुद्धिमान्, सुन्दर र प्रिय वक्ता रहन्छन् ।
शनिवार जन्मने व्यक्ति स्थिर वचन बोलीको पक्का, पराक्रमी, क्रोधी, दुष्चरित्र भएको, नीचदृष्टि भएको, विकृति नङ, लामो केश र ज्येष्ठ नारीमा आशक्त रहनेवाला हुन्छन् ।
-ज्यो. प. नारायणप्रसाद दुलाल