त्रिवेणी धाम एक महत्व अनेक
त्रिवेणी धाम एक महत्व अनेक

नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ । त्रिवेणी धाममा नेपालको महत्वपुर्ण धार्मिक स्थल मध्ये एक हो । यस धाममा स्नान गरेपछि सबै पाप धुल्ने यसको मुल्यमान्यता रही आएको छ । यस धामको दर्शन तथा अवलोकन गर्न नेपाल भारतको विभिन्न ठाउँबाट पर्यकट तथा भक्तजनहरु आउने गरेका छन् । वर्षमा दुई पटक यस धाममा मेला पनि लाग्ने गर्दछ ।
तपाईको प्रतिक्रिया