जानकारी केन्द्र । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना मुक्त भएका छन् ।
यसैगरी, १०२ जना सक्रिय संक्रमित छन् । जहाँ १०२ जना होम आइसोलेसनमा रहेका छन् । आजको नयाँ अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५ रहेको छ । साथै, हुनेको संख्या ११ हजार ९५२ र संक्रमणमुक्तको संख्या ९ लाख ६७ हजार २१७ रहेको छ ।