काठमाडौं । आज बिहान ६ बजे दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।
१५ वर्षीय सुशान चौधरीको लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचार गर्न अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाए ।
प्रहरीले ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।