काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको शेयरबजारमा आज भने करेक्सन देखिएको छ ।
आज सोमबार एक बजेतिर नेप्से सूचक अधिकतम २०४१ अंकसम्म पुगेको थियो । र अन्तसम्म केहि बाउन्स ब्याक हुँदै ९ अंकभन्दा धेरैले घटेन । अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा ठुला लगानीकर्ताले शेयर उठाउन थालेपछि बजारमा यस्तो हलचल छाएको हो । विश्लेषकहरुले यतिको करेक्सन स्वभाविक नै जनाएका छन् ।
आज सोमबार ४ अर्ब ३४ करोड रुपैयाँको खरिद बिक्री भएको छ । जुन केहि महिना यताकै सर्वाधिक कारोबार हो ।
आज सर्वाधिक धेरै सिवाइसिएल र ङादी ग्रपको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको सर्वाधिक धेरै कारोबार भएको छ ।
धेरै लगानीकर्ताहरु मौद्रिक नीति शेयर बजार प्रतिकुल आए बजार धेरै तल झर्ने अन्यथा बजार सुधार हुने बताउँछन् ।