काठमाडौं । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् ।
यस्तै चपेटामा दीपाश्री निरौला पनि परेकी छन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक ह्याक भएको र पैसा समेत माग्न थालिएको बताएका छन् ।
दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईको पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’