नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ ।
सोमबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ ।