काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने जनाएका छन् ।
गभर्नर अधिकारी हाल विवादित बन्न पुगेका छन् । उनलाई नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेको आरोप छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीले उनको बर्खास्त माग गरिरहेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले यो विषय पनि उठाएका थिए ।
सोहीक्रममा प्रधानमन्त्री देउवाले पनि अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।