फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । आईएसएफ २.८ क्युमिंस जडित ईञ्जिन भएको स्कुल भ्यानमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ ।
भ्यानले उच्च कार्यक्षमता र आरामदायी यात्रा निश्चित गर्ने र सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरी नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनीले जानकारी दिएको छ ।
आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिटबेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमी रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाई ध्यानमा राख्दै एयरब्याग पनि रहेको छ । भ्यानमा सामान राख्नको लागी पर्याप्त ठाउँको साथै व्याग समेत राखेर आरामसँग बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।