काठमाडौं । प्रहरीले सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाई मलमूत्र खुवाएको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको हो ।
सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाइएको बताए । पक्राउ पर्नेमा सोही ठाउँकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् ।
प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको छ । यी दुबैले ११ असारको दिउँसो साडे बाह्र तिर कामैतलाई मलमूत्र खुवाएको जनाइएको छ ।