बारा । ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ना २२ प ९९९४ नम्बरको मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका ३१ बस्ने वर्ष १८ का साविर अंसारी र पछाडि सवार वडा नम्बर २१ बस्ने वर्ष ५८ का वीरेन्द्र साह रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगञ्ज र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।