जानकारी केन्द्र । लोकप्रिय गायिका इन्दिरा जोशी भोलि मंगलबार विवाह बन्धनमा बाँधिन लागेकी छन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा जोशी र शरद केडियाले विवाह गर्नेे भएका छन् ।
शरदले उनलाई केही समयअघि प्रपोज गरेसँगै उनी प्रेम सम्बन्धबारे सार्वजनिक रुपमा खुल्न थालेकी थिइन् । फेसन डिजाइनर शरदले इन्दिरालाई हेलिकप्टर राइडमा लगि प्रपोज गरेका थिए । उक्त भिडियो निकै समयसम्म चर्चामा रहेको थियो ।