नेपालिहरूको माहान चाड दशैं घर दैलो मा अाइ सकेको छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा विजयादशमी को नामले पनि चिनिन्छ ।
दशैँ आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशै प्रतिपदा घटस्थापना देखि पूर्णिमा सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्रि र दशैँ दिनलाई दशमी वा दशै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।
यस वर्षको दसैंको टिकाको साइत बिहान ११ बजेर ५५ मिनेट जादा उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।