रामेछापको चौरीखर्क आसपास केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौं पनि हल्लियो
काठमाडौं, १३ मंसिर ।
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। रामेछाप र सोलखुम्बुको सीमाना चौरीखर्क आसपास आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं सहित मुलुकको पूर्वी तथा मध्य भागमा राम्रो गरी महशुश भएको हो । काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।