रबिन्द्र यादव र परासी, ९ भदौ ।
नवलपरासीको सुस्ता गाँउपालिकाबासीले आज पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलका अन्नबाली नष्ट हुने खतरा र क्षतिपुर्ति नपाएको निहुँमा भारतलाई दबाब दिने उद्देश्यले गाउँपाकिलाको वार्ड नं. १ स्थित छिबनी, सत्तपत्तिका पिडित किसानहरुले आज पुनः गण्डक नहर बाँध भत्काउने प्रयास गरेका हुन ।
स्थानिय गाउँलेहरुले कोदालोले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध खनि सकेका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर समेत भत्काई बाँधको ८० प्रतिशत भाग भत्काई सकेका स्थानियले बताए । बाँध भत्काउदै गर्दा प्रहरीले ति स्थानिय पिडित किसानहरुलाई रोकेको थियो । एक साता अगाडी बाढीले डुबान उक्त क्षेत्रका तिनै पिडित किसानहरुले पानीको निकासका लागि गण्डक नहर बाँध भत्काउने प्रयास गरेका थिए तर जिल्ला प्रशासनले रोकेको थियो ।
[su_youtube url=”https://youtu.be/ym3plWREugE” width=”920″ height=”940″]