काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य रु. ५ ले बढाएसँगै निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल वायुसेवा सञ्चालक संघले बुधबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट १७० रुपियाँले वृद्धि गरिएको छ भने काठमाडौं–भद्रपुर १५०, काठमाडौं–विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८० रुपियाँले वृद्धि भएको छ ।