काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले आज पनि पनि निरन्तरता पाएको छ।
बिहीबार प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको छ।