झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार,खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।