१४ असोज, काठमाडौँ : एभरेष्ट प्रिमिएर लिग (ईपीएल) को जारी खेलमा काठमाडौं किङ्स-११ ले चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । किर्तीपुरस्थित त्रिवि किकेट मैदानमा भइरहेको प्रतियोगितिमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार गरेको थियो ।
काठमाडौँ का लागि सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन, राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ रन र जनकप्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे ।
ओेपिनङमा आएका रहमनुलला गुर्वाज ५ रन बनाएर पेभिलयन फर्किएका थिए । भने सिद्धान्त लोहनी ८ र सन्दीप लामिछाने ७ रनमा अविजित रहे । अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । चितवनको वलिङमा सागर ढकालले सर्वाधिक ४ विकेट लिए । कारिम जन्नतले २, कमलसिंह एरि र सेकुगे प्रसुन्नाले समान १ विकेट लिए ।