एजेन्सी १७ असोज। अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै हजारौ महिलाहरुले प्रदर्शन गरिरहेका छन् । हिजो (शनिबार) अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भएको अल्जजीराले उल्लेख गरेको छ ।
वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा लगाईरहेका थिए । केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए । गर्भपतन गर्न अमेरिकामा निकै कठिन हुने गर्दथ्यो । यस्को सहजीकरण हुनुपर्नेमा त्यहाँका महिलाहरुले आवाज उठाउँदै आएको छ । अमेरिकामा उक्त विषय निकै विवादित बनेको छ । गर्भपतन गराउने चिकित्सकलाई त्यहाँका कानुन अनुसार १० हजार अमेरिकी डलर तिर्नु पर्ने व्यवस्था छ । यसको समेत अन्त्य हुनेपर्नेमा उनीहरुको जोड छ ।
संविधानिक तवरबाट चुनौती आएसँग उक्त कानुनलाई तत्काल स्थगित गरिएको छ । ‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित -यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् ।