खाने भाग हरियो, सेतो र वैजनी रंगका हुने तीन प्रकारका ब्रोकाउली हुन्छन् । नेपालमा खेती गरिने ब्रोकाउली हरियो रंगका छन् । ब्रोकाउलीका जातहरू बाली अवधिका आधारमा ३ किसिमका हुन्छन् ।
ती हुन् अगौटे, मध्यम मौसमी र ढिलो बाली तयार हुने जातहरू ढिलो बाली दिने जातलाई डुकु आउन, फूल्न र बीउ लाग्न ठण्डी तापक्रमको आवश्यकता पर्दछ ।
अगौटे र मध्यम मौसमी जातलाई ठण्डी तापक्रमको आवश्यकता पर्दैन । नेपालमा खुला सेचित र हाइब्रिड दुवै थरिका जातको खेती गरिन्छ । नेपालमा प्रचलित खुला सेचित जातहरू यस प्रकार छन् ।
ब्रोकाउली कुन तरकारी वाली समूहमा पर्दछ ?
ब्रोकाउली काउली वाली तरकारी समूह अन्तर्गत पर्दछ। यसको कलिला पात डाँठ, फूल तथा फल जस्तो देखिने भागलाई तरकारीको रुपमा उपभोग गरिन्छ।
ब्रोकाउली कस्तो हावापानीमा हुने तरकारी वाली हो ?
ब्रोकाउली जाडो मौसम तथा चिसो हावापानीमा हुने वाली हो। यो वाली ओसिलो र ठण्डा मौसममा राम्ररी सप्रन्छ। चिसो सहन सक्ने वाली भएकोले मध्य पहाड र तराईमा जाडोको समयमा र उच्च पहाडी क्षेत्रमा गर्मी र वर्षातको समयमा खेती गर्न सकिन्छ। हिउँद महिनामा १५ देखि २५ डिग्री सेल्सियस तापक्रम अति उत्तम हुन्छ।
ब्रोकाउली खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
यसको खेतीको लागि साधारणतया ५.५ देखि ६.६ सम्म पि.एच.मान भएको चिस्यान ग्रहण गर्न सक्ने र पानीको निकास भएको, प्रशस्त प्राँङ्गारिक पदार्थ भएको दोमट माटो उपयुक्त हुन्छ।
ब्रोकाउली खेतीमा मलखाद व्यवस्थापन कसरी गरिन्छ ?
ब्रोकाउली राम्रो खाद्यतत्वहरु समावेश भएको माटोमा मात्र राम्रो उत्पादन लिन सकिन्छ। प्रति रोपनी ५०० के.जी. गोबररकम्पोष्ट मल, १२ के.जी. नाइट्रोजन, ९ के.जी. फस्फोरस तथा ४ के.जी. पोटास मल दिनु पर्दछ।
नेपालमा ब्रोकाउली खेतीका लागि राम्रो र प्रचलित स्थानिय जात कुन हो ?
नेपालमाब्रोकाउलीका धेरै जातहरु छन्। ती मध्ये डेसिको र ग्रीन स्प्राउटिङ्ग दुई जात नेपालमा प्रचलित छन्।ब्रोकाउलीका पञ्जीकृत गरिएका जातहरुमा ग्रीन डोम ११५, ग्रीन डोम ८०, ग्रीन पारासोल, प्रिमियम कप र ग्रीन पिया हुन्।यी जातहरु सबै वर्णसंकर हुन्।अन्य वर्णसंकर जातहरुमा जेम क्रुसेडर, ग्रीन ड्युक, कोमेट, पिनाकल, क्लाईमेक्स, ओलिम्पस प्रमुख हुन्।
ब्रोकाउलीका अगौटे जातहरु कुन कुन हुन् ?
डेसिको ब्रोकाउलीको अगौटे जात हो। बेर्ना सारेको ५०–६० दिनमा बाली टिप्न लायक हुन्छ।
ब्रोकाउलीका मध्यम मौसमी र पछौटे जातहरु कुन कुन हुन् ?
ग्रीन स्प्राउटिङ्ग मध्यम मौसमी जात हो। बेर्ना सारेको ३ महिनामा ब्रोकाउलीको कोपी टिप्न तयार हुन्छन्। ग्रीन डोम ८०, ग्रीन पारासोल, प्रिमियम कप र ग्रीन पियाआदि पनि यस समूहमा पर्दछन्।पछौटे जातहरु १००–१२० दिनमा तयार हुन्छन् । ग्रीन डोम ११५, ग्रीन ड्युक, कोमेट, पिनाकल, क्लाईमेक्स, ओलिम्पस जस्ता जातहरु यस समूहमा पर्दछन्।
ब्रोकाउली खेतीमा वेर्ना जर्खराउने के हो र अगौटे जातका ब्रोकाउलीका वेर्नाहरुलाई जर्खराउने गरिन्न किन ?
ब्रोकाउलीका वेर्नाहरु पहिलो नर्सरीवाट दोस्रो नर्सरीमासारी केही ठूला भए पछि मूख्य खेतवारीमा लगाउन तयार गरिने अवस्थालाई जर्खराउने (Hardening) भनिन्छ। अगौटे जातका वेर्नाहरु जर्खराउने गरिन्न किनकी छोटो अवधिमा वाली तयार हुने हुँदा जर्खराउने समय खर्च गर्दा उत्पादन राम्रो हुँदैन।
ब्रोकाउलीको वीउ उम्रने वित्तिकै फेद कुहिएर ढल्ने मर्ने गर्दछ किन रु यसको व्यवस्थापन कसरी गरिन्छ ?
वीउ छरेपछि उम्रदै गरेको भ्रुणमा त्यसको फेदमा र वढ्दै गरेको जरामा ढुसीले आक्रमण गर्दछ र विरुवा ढल्ने मर्ने समस्या उत्पन्न हुन्छ। यो रोग नलागोस भन्नका लागि वीउ रोप्नु भन्दा १५–२० दिन अगावै १ भाग फर्मलडिहाईट ५० भाग पानीमा मिसाई व्याडको माटो १० से.मि. भिज्ने गरी उपचार गर्नु पर्दछ। वीउ उम्रेपछि वेभिष्टिन वा वोर्डोमिक्स्चरले उपचार गर्नु पर्दछ।
वेमौसमी रुपमा खेती गर्न कुन कुन जातहरु उपयुक्त हुन्छन् ?
वढी ताप, चिसो तथा रोग कीराको प्रतिरोधी जातहरु वेमौसममा लगाउन सकिन्छ। यस्ता गुणहरु विशेषत वर्णशंकर जातहरुमा पाईन्छ। जस्तै जेम क्रुसेडर, ग्रीन ड्युक, कोमेट, पिनाकल, क्लाईमेक्स, ओलिम्पसआदि हुन्।
वेमौसमी खेती गर्न कुन कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?
वेमौसमी खेतीको लागि तराई भन्दा मध्य पहाड र उच्च पहाड वढी उपयुक्त मानिन्छ। यसको लागि जातीय विविधता, अनुकूल वातावरणको सृजना भौगोलिक क्षेत्रको उपयोगिता जस्ता कुराहरुमा ध्यान दिनुपर्दछ।
ब्रोकाउली खेतीको नर्सरीका लागि कस्तो जमिनको अवाश्यकता पर्दछ ?
काउलीको वेर्ना उत्पादन गर्नको लागि प्राङ्गारिक पदार्थ प्रशस्तभएको खुकुलो दोमट माटो, सिंचाईको सुविधा पुग्ने, प्रकाश, सापेक्षिक आर्द्रता र तापक्रमको अनुकूल हुने जमीनको छनौट गर्नु पर्दछ।
ब्रोकाउली खेतीमा गोडमेल र टपड्रेस कसरी गरिन्छ ?
ब्रोकाउलीको वेर्ना सारेको करीव ३ हप्ता पछि गोडमेल गरी झारपात हटाउनु पर्दछ। वाली अवधिमा ३ पटकसम्म गोडमेल गर्नु पर्दछ। गोडमेलको वेला २ के.जी. यूरिया प्रति रोपनी टपड्रेस गरी उप्केरा दिनु पर्दछ। अन्य मल भने वेर्ना सारेकै दिन वा सार्नु अगावै दिनु पर्दछ।
ब्रोकाउली खेतीमा सिंचाईका विधि के के छन् र कसरी गरिन्छ ?
ब्रोकाउली वालीमा राम्रो उत्पादन लिन सिंचाईको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ। परम्परागत रुपमा कुलो, पाइप, ट्रेडल पम्पको माध्यमबाट सिंचाई गरिएता पनि हाल थोपा सिंचाइको माध्यमबाट पनि सिचाई गरिन्छ।
ब्रोकाउलीको पातमा कीराले जाली कसरी बनाउँछ र यसको व्यवस्थापन कसरी गर्नु पर्दछ ?
यी कीराहरुलेब्रोकाउलीको पातको तल्लो पट्टिबाट सुरुङ्ग जस्तो वनाईभित्र पस्दछ र पात खाँदै जालो जस्तो वनाई दिन्छ। यसको रोकथाम गर्न सकेसम्म जैविक पद्धति अपनाउनु पर्दछ। तर रोकथाम गर्न कठिनाई भएमा मालाथाएन वा डाईक्लोरोभस २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।
लाही कीरा ब्रोकाउलीको लागि कति हानिकारक छ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?
हेर्दा सानो हरियो रंगको यस कीराले पात र फूलको रस चुसी नोक्सान पुर्याउनुको साथै भाइरस रोग पनि सार्ने काम गर्दछ। यसको व्यवस्थापन शुरुको अवस्थामा गाई, भैँसीको १ भाग पिसावमा १० भाग पानी मिसाई स्प्रे गर्ने, मारगोसम नीम ३ मि.लि. प्रति लिटर पानीमा घोली स्प्रे गर्ने र अन्तमा नुभान वा रोगर २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नाले नियन्त्रण गर्न सकिन्छ।
उफ्रने खपटे कीराहरु कसरी पहिचान गर्न सकिन्छ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?
यी कीराहरु साना आकारका उपिया जस्तै फड्कने गर्दछन्। कीरा लागेका पात, वोट हल्लायो भने खपटेहरु उफ्रेको देखिन्छ। वच्चा तथा वयस्क दुवैले विरुवा नोक्सान गर्दछन्। यसको व्यवस्थापनमा सकेसम्म जैविक विधि अपनाउनु पर्दछ तर रोकथाम गर्न कठिनाई भएमा इन्डोसल्फान १–२ मि. लि. प्रति लिटर पानीमा मिसाई २–३ पटक स्प्रे गर्नु पर्दछ।
ब्रोकाउलीको ग्रेडिङ्ग कसरी गरिन्छ ?
ब्रोकाउली ग्रेडिङ्ग गर्दा यसको फूलको कसिलोपन (धेरै कसिलो, कसिला, अलिअलि फुकेको र धेरै फुकेको), साइज (धेरै ठूलो, ठूलो, मध्यम, सानो) का आधारमा छुट्याउन सकिन्छ।
ब्रोकाउली ढुवानी गर्दा कुन–कुन कुराहरुमा ध्यान पुर्या्उनु पर्दछ ?
प्रथमतःब्रोकाउली काट्ने वेलामा नै तीन चारवटा माथिल्ला पातहरु सहित काट्नु पर्दछ । ती माथिल्ला पातहरुले ब्रोकाउलीको फूल लाई ढाकिने गरी डोरी सुतलीले बाँधि टुप्पो तर्फ जुधाई डोको, डालो, क्रेट आदिमा प्याकिङ्ग गरेर मात्र ढुवानी गर्नु पर्दछ ।
ब्रोकाउली कुन वेला काट्न उपयुक्त हुन्छ ?
साधारणतयाब्रोकाउली टिप्नरकाट्न समयको ध्यान दिइन्न तर विहान शीत ओभाए पछि र साँझ पख ठण्डा भएपछि टिप्नु पर्दछ। टिपी सकेपछि घाममा नराखी छायाँदार ठाउँमा राख्नु पर्दछ।
ब्रोकाउली काट्न तयार भयो भनी कसरी पहिचान गर्न सकिन्छ ?
ब्रोकाउलीको वाली टिप्न यसको फूल (Curd) छाम्दा कडा अनुभव भएपछि टिप्नको लागि उपयुक्त भयो भनी बुझ्नु पर्दछ। जात अनुसार दिन गन्तीको हिसावले पनि टिप्ने समय निर्धारण गर्न सकिन्छ।
ब्रोकाउली कति तापक्रममा र आर्द्रतामा कति दिनसम्म भण्डारण गर्न सकिन्छ ?
साधारणतया ब्रोकाउलीको फूल (Curd) ०–२ डि.से. तापक्रम र ९५% सापेक्षिक आद्रतामा २०-३० दिनसम्म भण्डारण गर्न सकिन्छ।
सिंचाइः
बेर्ना सारेको ७–१० दिनसम्म मौसम हेरेर दिनहुँ एक दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ । काउलीका जरा गहिरो जाँदैनन् र तलको चिस्यान जराले तान्न सक्दैनन् । अर्कोतर्फ बोटले प्रभावकारी ढंगले चिस्यानको उपयोग गर्दैन । तसर्थ काउलीको लागि जमिनमा सधै पर्याप्त चिस्यान हुनुपर्दछ ।
सिंचाइ ५–१० दिनको अन्तरमा गर्नपर्दछ । बढी भएको पानी निस्कन निकासको व्यवस्था पनि राम्रोसँग गर्नुपर्छ ।
गोडमेलः
बेर्ना सारेको ३०–४५ दिनसम्म झारले बढी दुःख दिन्छ । जमिनको सतहको थोरै गहिराईको माटो कुटो वा कोदालोले खनेर झार हटाउने र माटो खुकुलो पार्नु पर्दछ । यस्तो गोडमेल बोट देखि ५–६ से.मि. पर र ५–६ से.मि. गहिराइसम्म गर्न सकिन्छ ।
पहिलो र दोस्रो थपमल बोटको वरिपरि आंैठी आकारको कुलेसोमा दिइन्छ । थपमल दिएपछि हल्का उकेरा दिनुपर्दछ ।