चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
चितवन । अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटल नेपालमा विस्तार हुने भएको छ । कम्पनीले चितवनको राप्ती किनारमा द पोस्टकार्ड अन द राप्ति रिभर नामक लक्जरी रिसोर्ट आगामी नोभेम्बर २०२६ देखि सञ्चालनमा ल्याउने जनाइएको छ

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रिसोर्टमा २२ वटा सुविधासम्पन्न कोठा तथा सुइट रहनेछन्। नदी र जंगलको दृश्य अवलोकन गर्न सकिने होटलका कोठामा निजी सिट आउटको सुविधा पनि रहेको बताइएको छ ।
कम्पनीका अनुसार होटलमा रेस्टुरेन्ट,बार,स्विमिंग पुल,स्पा,स्टिम रुम तथा साउना लगायतका सुविधा रहनुका साथै पाहुनाका लागि जीप सफारी,जंगल पैदल यात्रा, राप्ती नदीमा डुंगा सयर र चरा अवलोकन जस्ता गतिविधि सञ्चालन गरिने छ ।

रिसोर्टमा एक सुइटको मुल्य प्रतियुनिट १ लाख ३६ हजार रुपैँयादेखि सुरु हुनेछ भने उक्त मूल्यमा जुनसुकै समयमा ब्रेकफास्ट गर्ने तथा पाहुनाको सुविधाअनुसार चेक इन र चेक आउट गर्न सकिने सुविधा समावेश गरिएको जनाइएको छ ।
द पोस्टकार्ड होटलका लागि नेपाल,भारत,भुटान र श्रीलंकापछि चौथो देश हुने छ भने हाल ब्रान्डले तीनदेशका १३ वटा लक्जरी होटल सञ्चालन गरिहेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
