राजनीति Archives - Jankari Kendra

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक बर्ष २०८३ ८४ को राजश्व र व्ययको बार्षिक अनुमान माथी सामान्य छलफल जारी रहनेछ भने सोमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

The post राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने appeared first on Jankari Kendra.

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आज उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन । समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि उनी आज बेइजिङतर्फ प्रस्थान गरेका हुन। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।

यसैगरी, बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

The post परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान appeared first on Jankari Kendra.

काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलमा मागेर बस्ने तथा माग्ने कार्यलाई पेशा बनाएका व्यक्तिलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। महानगरले वेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा सडक आश्रित व्यक्तिहरूको भने मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार, हेरचाह, उपचार र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित तथा सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको महानगरले जनाएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समन्वय बैठकले सडक सेवाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पेशेवर रूपमा माग्ने कार्य नियन्त्रण गर्न सम्बन्धित निकायबीच सहकार्य बढाउने निर्णय गरेको छ।

महानगरले मठ, मन्दिर, चैत्य, गुम्बालगायत धार्मिक तथा सम्पदा क्षेत्रका व्यवस्थापन समितिसँग समेत छलफल गरी पेशेवर माग्नेलाई निषेध गर्ने अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

The post काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने appeared first on Jankari Kendra.

रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग नयाँ दिल्लीमा भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी बनाएको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने उनको इच्छालाई स्वागत तथा पूर्ण समर्थन गरेको बताएका छन्।

उनले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुवै देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताए।

भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्दै नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, आपसी हित र सहकार्यका विविध विषयमा छलफल गरिरहेका छन्।

The post रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’ appeared first on Jankari Kendra.

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।

विपक्षी दलका सांसदहरूले जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा विरोध गरेका छन्। उनीहरूको भनाइमा उक्त अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयसँग सम्बन्ध राख्ने भएकाले प्रधानमन्त्रीले संसद्मा स्पष्टिकरण दिनुका साथै माफी माग्नुपर्छ।

विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद्मा विरोध जारी राख्ने चेतावनी दिएका छन्। यसबीच सत्ता पक्ष र विपक्षी दलबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ।

संसद् अवरुद्ध भएपछि बैठकको नियमित कार्यसूची प्रभावित भएको छ।

The post विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित appeared first on Jankari Kendra.

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ।

उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३र०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।

महानगरपालिकाले प्रकाशित प्रारम्भिक नतिजाअनुसार योग्य ठहरिएका विद्यार्थीहरूको थप प्रक्रिया तथा भर्नासम्बन्धी जानकारी सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाएको छ।

The post काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण appeared first on Jankari Kendra.

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।

लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् । रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ।

The post रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै appeared first on Jankari Kendra.

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कालापानी–लिपुलेक सीमा समस्या समाधानका लागि भारत र चीनका अतिरिक्त बेलायतसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् । संघीय संसद्‌मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले सुगौली सन्धिको समय र ब्रिटिसकालीन शासनका बेला नेपाल–भारत सीमाको अवस्था के कस्तो थियो भन्ने ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतसँग संवाद अगाडि बढाइएको स्पष्ट पारे ।

‘लिपुलेकका विषयमा भारतसँग सरकारले स्पष्ट अडान राखिसकेको छ र उताबाट जवाफ पनि आएको छ,’ संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर द्विपक्षीय वार्ता गर्ने तयारी छ । यसका लागि हामीले इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ ।’

नेपालको भूमि फिर्ता ल्याउने र सीमा विवादलाई कूटनीतिक माध्यमबाट सधैँका लागि टुङ्ग्याउने सन्दर्भमा सरकारले ऐतिहासिक दस्तावेजहरूको खोजी गरिरहेको र यसमा बेलायत सरकारको सहयोग महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ ।

The post लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन appeared first on Jankari Kendra.

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८ सय ८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्  । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरपालिकाले जनाएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।

शिक्षा अधिकृत एवम परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीलाई भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्न भनिएको छ ।

प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ, अभिभावक  विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्ने छन्। अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो ।

खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्ने छन । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ ।

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना रहेका छन् ।

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्ने गरिएको छ ।

परीक्षा ...

The post काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन appeared first on Jankari Kendra.

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज मंगलबार युरोपेली संघ (ईयू) मा आवद्ध २२ देशसहित दक्षिण–पूर्वी एशियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले चैत २५ गते नेपालस्थित १७ देशका राजदूतहरूसँग सामूहिक भेट गरेपछि यो दोस्रो कूटनीतिक भेटवार्ता हो।

परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका तथा भारतको नयाँदिल्लीबाट आएका ईयूका २२ सहित अन्य कूटनीतिज्ञलाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ। भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा सहकार्यका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। साथै नेपाललाई अतिकम विकसित देश(LDC)को सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युरोपेली संघको हवाई सुरक्षासम्बन्धी कालोसूचीबाट नेपाललाई हटाउन पहल गरिने विषयलाई पनि प्रमुख रूपमा उठाइने बताइएको छ।

The post मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै appeared first on Jankari Kendra.

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँमध्ये ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ । निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार सार्वजनिक गरिएको विवरणमा बजेट निकासा, खर्च, राजस्व र धरौटीसम्बन्धी जानकारी समावेश गरिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

The post प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ appeared first on Jankari Kendra.

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।

कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारहरूलाई परिपत्र जारी गर्दै हाल प्रयोगमा रहेका सामग्रीलाई नै मर्मत गरी प्रयोग गर्न आग्रह गरेको हो।

परिपत्रमा कार्यालय प्रमुखहरूलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा रहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर उपयोग गर्न निर्देशन दिइएको छ। साथै सार्वजनिक खर्चलाई मितव्ययी बनाउन विशेष ध्यान दिन भनिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिबारे गुनासो आएको थियो। यस्ता कार्यले राज्यकोषमा अनावश्यक भार सिर्जना गरिरहेको कार्यालयको भनाइ छ।

प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाका शाखा अधिकृत सूर्यबहादुर बस्नेतले सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन उक्त परिपत्र जारी गरिएको जानकारी दिएका छन्।

The post अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन appeared first on Jankari Kendra.

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
काठमाडौं । नदीजन्य तथा खानीजन्य पदार्थको जथाभावी उत्खनन, सङ्कलन र ओसारपसार बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित मन्त्रालय तथा सबै तहका सरकारलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले ढुङ्गा, गिटी, बालुवा, माटोलगायत निर्माण सामग्रीको उत्खनन तथा उपयोग स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रचलित कानुनबमोजिम मात्रै गर्न गराउन निर्देशन दिएको हो।

कार्यालयद्वारा जारी पत्रमा स्थानीय तहबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन हुँदै आएको उल्लेख गर्दै पछिल्लो समय अवैध उत्खनन, गैरकानुनी सङ्कलन, अनधिकृत ओसारपसार तथा बिक्रीवितरणका गतिविधि बढेको गुनासो प्राप्त भएको जनाइएको छ। प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न सरकार गम्भीर रहेको भन्दै आवश्यक कदम चाल्न निर्देशन दिइएको हो।

सरकारले विकास निर्माणका कार्यमा आवश्यक नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिने तर प्राकृतिक स्रोतको अत्यधिक दोहनलाई निरुत्साहित गर्ने नीति अपनाएको जनाएको छ। उत्खनन, सङ्कलन, ओसारपसार तथा उपयोगका सम्पूर्ण प्रक्रिया व्यवस्थित, पारदर्शी र दिगो बनाउन सम्बन्धित निकायलाई जिम्मेवार बनाइएको छ।

यससम्बन्धी निर्देशन गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय तथा स्थानीय तहलाई पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

निर्देशनमा जथाभावी उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसारलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन गर्न भनिएको छ। जोखिमयुक्त क्षेत्रमा स्थानीयवासीको रोहवरमा अनुगमन गर्न तथा अवैध गतिविधि भेटिए तत्काल प्रहरी प्रशासनमार्फत नियन्त्रणमा लिन पनि आग्रह गरिएको छ।

सरकारले नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमिन तथा बस्ती क्षेत्रमा वातावरणीय क्षति नपुग्ने गरी मात्रै उत्खनन गर्न स्पष्ट निर्देशन दिएको छ। साथै, स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननको समय दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै तोक्ने व्यवस्था मिलाउन पनि भनिएको छ।

त्यस्तै, खानीजन्य पदार्थको उत्खनन तथा प्रयोग गर्दा श्रमिकको सुरक्षा, वातावरण संरक्षण तथा स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ। उत्खननबाट प्राप्त हुने राजस्व गुम्न ...

The post नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह appeared first on Jankari Kendra.

आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साम्पाङ र किरातीबीच बिहीबार राति ललितपुरमा भएको सहमति अनुसार एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने गरी किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो तीन बजे बागबजारको हार्दिक होटलमा एकता घोषणा कार्यक्रम राखिएको छ।

किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

The post आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता appeared first on Jankari Kendra.

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । वाग्मती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

ऐनको दफा ९१० को उपदफा (३ं) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको वाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए।

सोहीअनुसार यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको हो । यस अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र–दत्तात्रेय–कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्याली गरिने पर्यटन कार्यालय, काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले बताए। र्यालीपछि मूल समारोहअन्तर्गत लन्चा फल्चा भत्क्यापाटीमा विशेष कार्यक्रम गर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए । यस अवसरमा आज वाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

The post आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा appeared first on Jankari Kendra.