समाज Archives - Jankari Kendra

यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसमस फा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

The post यस्तो छ आजको मौसम पुर्वानुमान appeared first on Jankari Kendra.

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
काठमाडौं । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा भर्ना प्रक्रिया सुरु गरेको छ । आयोगले शुक्रबार सुचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।

प्रदेश निजामती सेवा ऐन , २०७९ अनुसार विभिन्न सेवा ,समुह र उपसमुह अन्तर्गतका पदहरु खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी विधिबाट पुर्ति गरिने जनाइएको छ ।

आवेदन प्रक्रिया शुक्रबारदेखि सुरुभई वैशाख १७ गतेसम्म कायम रहनेछ । यसैगरी निर्धारित मितिभित्र आवेदन दिन नसक्ने उम्मेदवारले थप शुल्क तिरेर वैशाख २४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

The post सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित) appeared first on Jankari Kendra.

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ ।

यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ । ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

भाडा समायोजनअघि सरोकारवाला पक्षसँग व्यापक छलफल गरिएको थियो । सो क्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्री प्रसाद चौलागाईं सहितको टोली मन्त्रालय पुगेको थियो । उनीहरूले इन्धन मूल्य वृद्धि, सञ्चालन खर्चमा भएको बढोत्तरी तथा ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेका थिए ।

उक्त बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला तथा सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाल लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ ।

The post बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो appeared first on Jankari Kendra.

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ ।

यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

The post देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना appeared first on Jankari Kendra.

यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भू-भागमा हावाहुरीको सम्भावना छ ।

हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । “कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।

विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

The post यस्तो छ आजको मौसम पुर्वानुमान appeared first on Jankari Kendra.

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

सुर्खेतमा संचालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडितहरु लाभान्वित हुने बैंकको अपेक्षा रहेको छ । जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौँको किर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले बताएको छ ।

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए। जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो ।

शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसंग जोडिएको (Post Burn Contracture), हातका औँलाहरु टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरुले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ ।

जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक रहनुका साथै नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको जनाइएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक ...

The post सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’  appeared first on Jankari Kendra.

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

The post पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने appeared first on Jankari Kendra.

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस गतिविधिमार्फत सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै, फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको बताइएको छ।

कार्यक्रममा ट्रान्क्यूलिटी स्पाका प्रमूख मानव संसाधन तथा वित्त अधिकृत साथै जिन नेपालको सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, “यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दछ, जसमा सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं।”

यसै क्रममा बैशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौं स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने जनाइएको छ । साथै, ट्रान्क्यूलिटी स्पा र जिन नेपाल बीच वेलनेश संस्कृति प्रवद्र्धन गर्नका लागि आगामी दिनहरुमा पनि सहकार्य गरिने  बताइएको छ।

The post ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न appeared first on Jankari Kendra.

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको जनाएको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको बताइएको छ।

कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। त्यसैगरी, कम्पनीको ईआरपी (Enterprise Resource Planning) समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन्।

निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन्। यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन्।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए।‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्‍याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु।’

उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए। यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ।

कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको बताइएको छ। विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ।

The post सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा appeared first on Jankari Kendra.

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

The post देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने appeared first on Jankari Kendra.

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

The post देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना appeared first on Jankari Kendra.

यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। प्रभावका कारण अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ।

The post यस्तो छ आजको मौसम पुर्वानुमान appeared first on Jankari Kendra.

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमका अनुसार नयाँ मूल्य आजदेखि लागू गरिएको हो।

नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो। यस्तै, यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ पुगेको छ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजल र मट्टीतेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

दोस्रो वर्गअन्तर्गत रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजल तथा मट्टीतेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ कायम भएको छ।

इन्धनको मूल्यमा भएको यो वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने संकेत देखिएको छ, जसले सर्वसाधारणको खर्चमा थप दबाब पर्ने अनुमान गरिएको छ।

The post पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ? appeared first on Jankari Kendra.

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही स्थानमा हुरीको सम्भावना रहेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले आग्रह गरेको छ ।

The post देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव appeared first on Jankari Kendra.

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा
काठमाडौं । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गर्ने बताइएको छ ।

पूर्णरुपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ्ग, तथा जिम सेवा प्रदान गरिन्छ । ग्राहकहरुले ललितपुरमा पनि पूर्णरुपमा सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि कम्पनीले यो शाखा विस्तार गरेको हो, जहाँ थप ग्राहक महानुभावहरुलाई गुण्स्तरीय वेलनेस सेवा प्रदान गरिनेछ ।

विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै ट्रान्क्यूलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखाहरु सञ्चालनमा ल्याईसकेको जनाइएको छ । अधिकाशं शाखाहरु प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा छन् जसकारण पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने पर्यटकबीच पनि यसको सेवा लोकप्रिय बन्दै गएको बताइएको छ।

द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिलस् रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा रहेको शाखाद्वारा पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको जनाइएको  छ ।

कम्पनीका प्रमूख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको बताइएको छ ।

त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० रोजगारी प्रदान गर्दैआएको बताइएको छ । नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरुले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास ...

The post ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा appeared first on Jankari Kendra.