साहित्य Archives - Jankari Kendra

१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने
काठमाडौं। मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।

विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्कारहरुलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।

उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए ।

‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको सङ्कलन गरिने बताए ।

उनले भने, ‘ दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ? भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’

उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।

उनले भने,  ‘लेखक परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ, जहाँ कविहरूले उनीहरूको देब्रे हातको साहिँली औंलाको प्रेमछाप लगाउन सक्ने कोठा राखिएको छ । देब्रे हातको साहिँली औँलाको नसाको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहेको र यो औंला प्रेमको केन्द्र हृदय अर्थात् मुटु क्षेत्रसँग गाँसिएकाले प्रेम छाप समेतको अनुरोध गरिएको हो । संसारका विभिन्न देशमा जन्मेका कविको हस्ताक्षर र उनीहरूको औंलाको  ‘प्रेम छाप’ हेर्नका लागि भविष्यका कैयन् पुस्ताले नेपालको भ्रमण गर्नेछन् र संसारकै एक विशाल कविताग्रन्थ हेर्न नेपाल भ्रमण गर्ने पर्यटक र विशेष गरी ग्रन्थमा समेटिएका कविका परिवारजन, शाखासन्तान, तिनका साथी सम्बन्धित सबैमा नेपालप्रतिको अभिरुचि जागृत हुनेछ भन्ने ...

The post १० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने appeared first on Jankari Kendra.

मर्मस्पर्शी कथा: जाबो पाँच रुपैयाँ
एउटा कार रोकियो । कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो । त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको ?” धुँवाले खोक्दै भनिन्, “२५ ।” “२० मा आउँदैन ?” “अहँ ।” “दिनुस् न दिनुस् २० मा । जाबो पाँच रुपैयाँ त हो नि ।” “यति दुख गरेर ल्याएको मकै । कसरी दिनु अलिकति पनि नाफा नगरी ?” “अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा ।” “मिल्दैन हजुर ।” “नदिने त २० मा, उसोभए ?” “२५ मै लैजानुस् । मकै मिठो छ ।”

“जतिसुकै मिठो भएपनि २० मा दिइनौ । जाबो पाँच रुपैयाँ पनि मिलाइनौ । भयो चाहिएन ।” इति भनेर उनले गाडी गुड्यो । ती आमैसँग मैले एउटा मकै किनेँ । र, त्यही छेउमा आड लाएर खान थालेँ । त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरको देखँं । गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे । त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ ।

ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने म:म:, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन् । सम्पन्न छन् र खर्च गर्छन् जायज। आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को म:म:, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा । त्यो उनको स्वतन्त्रताको कुरा । तर मलाई एउटा कुराले गतिलरी छोयो । “जाबो पाँच रुपैयाँ ।” “अर्कोपनि खानुहुन्छ ? कस्तो लाग्यो मकै ?” मकै पोल्ने आमाले मलाई सोधिन् । “खाँदै छु । मीठै छ मकै त, तर मलाई पुग्छ ।” मैले भनेँ । धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ ।

उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन् । उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी ...

The post मर्मस्पर्शी कथा: जाबो पाँच रुपैयाँ appeared first on Jankari Kendra.