शिक्षा Archives - Jankari Kendra

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई – २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।

एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उनले बताए । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्।

The post एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने appeared first on Jankari Kendra.

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभिआइसी) र वाइजएडमिटबिच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए) सँग शैक्षिक तथा प्राविधिक सम्बन्ध विस्तार गरिने जनाइएको छ।

एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा चीनकै अग्रणी विश्वविद्यालयमध्ये एक मानिने एनयूएएसँगको सहकार्यले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको बताइएको छ।

सम्झौताअनुसार एनयूएएका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको टोली नेपाल आउनेछ। टोलीले एमभिआइसीमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनसम्बन्धी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ। यस पहलका लागि एमभिआइसी नेपालका लागि विशेष साझेदार संस्थाका रूपमा रहनेछ।

सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा युवा नवप्रवर्तकहरूले विश्व अर्थतन्त्रलाई रूपान्तरण गरिरहेका अत्याधुनिक प्रविधि र नवप्रवर्तनका क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। साथै एआई, स्वचालन, स्मार्ट उत्पादन, ड्रोन प्रविधि, उद्यमशीलता तथा अन्तरदेशीय व्यापारका सम्भावनाबारे समेत जानकारी हासिल गर्न सक्नेछन्।

सम्झौताले नेपाली विद्यार्थीलाई चीनमा सञ्चालन हुने समर इमर्सन कार्यक्रम, इन्क्युबेसन कार्यक्रम तथा नवप्रवर्तनमा आधारित अध्ययन–अवलोकन कार्यक्रममा सहभागी हुने अवसरसमेत प्रदान गर्नेछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीले चीनको तीव्र रूपमा विकसित हुँदै गएको अनुसन्धान वातावरण, नवप्रवर्तन प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई नजिकबाट बुझ्न सक्ने विश्वास गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा एमभिआइसीकी प्रबन्ध निर्देशक रितल राणाले उक्त सहकार्यले कलेजको अन्तर्राष्ट्रियकरण, नवप्रवर्तन, उद्यमशीलता तथा भविष्य–मुखी शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको बताइन्। नेपाली विद्यार्थीलाई विश्वस्तरीय सिकाइ वातावरण र उदीयमान प्रविधिसँग जोड्नु समयको आवश्यकता रहेको उनीको भनाइ थियो।

वाइजएडमिटका प्रमुख कार्यकारी अधिकृत डा. रुपेश रेग्मीले विश्व एआई, रोबोटिक्स तथा प्रविधिमा आधारित उद्योगतर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपाली युवालाई यस्ता अवसरबाट लाभान्वित गराउन सहकार्य महत्वपूर्ण हुने बताए। उनले यस साझेदारीले नेपाल र चीनबीचको शैक्षिक तथा नवप्रवर्तनसम्बन्धी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

एमभिआइसी, वाइजएडमिट र एनयूएएबीचको सहकार्यले नेपाल–चीन शैक्षिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक प्रविधि र नवप्रवर्तन–केन्द्रित करियर अवसरसँग ...

The post मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने appeared first on Jankari Kendra.

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी शिक्षण संस्थाबाट असुल हुने सम्पूर्ण शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लगाउने व्यवस्था गरेपछि अभिभावक तथा विद्यालय क्षेत्रका सरोकारवालाबिच गम्भीर छलफल भएको छ ।

नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जी.सी., राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का केन्द्रीय अध्यक्ष गीता क्षेत्री (राणा) लगायत केन्द्रीय पदाधिकारीहरूबीच विस्तृत छलफल सम्पन्न भएको हो ।

छलफलमा महासचिव प्रताप बहादुर थापा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, पूर्व अध्यक्ष रितु राज सपकोटा, बरिष्ण उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई, कृष्ण कुमार उप्रेती तथा केन्द्रीय सदस्य सीता चौधरी (कैलाली) लगायतको सहभागिता रहेको थियो ।

सरकारले आर्थिक विधेयकको अनुसूची–७ मा व्यवस्था गरेअनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयलगायतका संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाई असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ । यद्यपि सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक संस्थालाई भने उक्त शुल्क लागू नहुने व्यवस्था छ ।

विधेयकको दफा ३ अनुसार शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क लिँदा अनिवार्य रूपमा बीजक (बिल) जारी गरी उक्त शुल्क समेत समावेश गरेर असुल गर्नुपर्ने प्रावधान छ। यसले आगामी आर्थिक वर्षदेखि विद्यालय शुल्कमा प्रत्यक्ष रूपमा ३ प्रतिशत अतिरिक्त भार थपिने देखिएको छ ।

छलफलका क्रममा सहभागीहरूले यो निर्णयले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक दबाब सिर्जना गर्ने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् । साथै, यसले निजी शिक्षा क्षेत्रको सञ्चालनमा समेत असर पार्न सक्ने सम्भावनाबारे छलफल गरिएको छ । नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री(राणा)ले शिक्षा क्षेत्रमा कुनै पनि नयाँ कर वा शुल्क लागू गर्दा सरोकारवालासँग पर्याप्त परामर्श हुनुपर्ने आवश्यकता औँल्याउँदै यस विषयमा सरकारसँग थप संवाद र समन्वय आवश्यक रहेको बताइन् ।

त्यस्तै, महासचिव प्रताप बहादुर थापाले यस्तो शुल्कले अभिभावकको आर्थिक बोझ बढाउने भएकाले व्यवहारिक पक्षलाई ध्यानमा राखेर पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार निजी विद्यालयहरू पहिले नै विभिन्न सञ्चालन खर्चको दबाबमा ...

The post तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने appeared first on Jankari Kendra.

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ।

उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३र०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।

महानगरपालिकाले प्रकाशित प्रारम्भिक नतिजाअनुसार योग्य ठहरिएका विद्यार्थीहरूको थप प्रक्रिया तथा भर्नासम्बन्धी जानकारी सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाएको छ।

The post काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण appeared first on Jankari Kendra.

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८ सय ८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्  । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरपालिकाले जनाएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।

शिक्षा अधिकृत एवम परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीलाई भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्न भनिएको छ ।

प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ, अभिभावक  विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्ने छन्। अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो ।

खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्ने छन । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ ।

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना रहेका छन् ।

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्ने गरिएको छ ।

परीक्षा ...

The post काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन appeared first on Jankari Kendra.

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
काठमाडौं । कृषि विकास बैंकले हरेक वर्ष जस्तै यस वर्षपनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम गरेको छ । यसै सन्दर्भमा विहिवारका दिन मण्डन देउपुर नगरपालीका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयमा रहेका सम्पुर्ण २३२ वालवालीकाका लागी स्कुल व्याग वितरण गरेको हो ।

उक्त स्थानमा रहेको विद्यालयलमा स्थानीय दनुवार, गरीव तथा सिमान्तकृत समुदायका वालवच्चा अध्ययन गर्दछन् । गरीव तथा असाहय परिवारका वालवालीका अध्ययन गर्ने उक्त विद्यालयमा यस प्रकारको श्रोतको अभाव रहेको र यो सहयोगबाट विद्यार्थी लाभान्वित भएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयको प्राङ्गणमा भएको थियो । विद्यालयमा सहयोग हस्तान्तरण कार्यक्रमको मुख्य आतिथीको आथित्यता मण्डन देउपुर नगरपालीकाका मेयर टोक वहादुर वाइवाले गरे । मण्डन देउपुर नगरपालीकाका वासिन्दाहरुको मुख्य श्रोत कृषि आम्दानी भएको र कृषि विकास बैंकसँगको सहकार्य नगरपालीकाका लागी फलदायी हुने विश्वास व्यक्त गरे । बैंकले विद्यालयलाई सहयोग हस्तान्तरण गरेकोमा खुशि व्यक्त गर्दै कृषक तथा कृषि कार्यमा समेत सहजिकरण गरी सहकार्य गर्न अनुरोध समेत गरे । मण्डन देउपुर नगरपालीका कृषिको मुख्य केन्द्र भएको र देशको राजधानीका लागि हरियो साग सब्जी आपुर्ती गर्ने मुख्य क्षेत्र रहेको कुरा समेत उल्लेख गरे ।

कार्यक्रममा बैंकका संचालक विनोद कुमार गुरागाईले व्याग हस्तान्तरण गर्दै गरीव तथा जेहेन्दार विद्यार्थिहरुका लागि शैक्षिक सामाग्री हस्तान्तर गर्न पाउदा बैंक गौरवान्वीत भएको र सधै यस प्रकारको कार्य गर्न उत्सुक रहेको बताए । विद्यालय परिवार, विद्यार्थी, अविभावक, स्थानीय निकाय, विद्यालय व्यवस्थापन समिति सदस्य लगायत समाजसेवामा समर्पित समुदायका अगाडी यस प्रकारको पुण्य काम गर्दा बैंकको शाख वृद्धि भएको र बैंकलाई ग्राहक सेवामा थप हौसला प्रदान भएको कुरा समेत उल्लेख गरे । विद्यालयसँग दिर्घकालीन समझदारी गरी गरिव विद्यार्थीको दक्षता वृद्धिका लागि थप कार्य गर्न उत्सुक रहेको कुरा समेत व्यक्त गरे ।

बैंकका उपमहाप्रवन्धक सुशील हुमागाईले मन्तव्य व्यक्त गर्दै बैंकले विद्यालयका विद्यार्थीका लागि यस प्रकारको शैक्षिक सामाग्रि हस्तान्तरण कार्यक्रममा विद्यार्थीको उत्साहपुर्वक सहभागीता सामाग्री प्राप्त गर्ने उत्सुकता र आवश्यकता देख्दा बैंकले सहि स्थान छनौट गरेकोमा ...

The post विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग appeared first on Jankari Kendra.

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एलकेजीदेखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरुको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । यस अवसरमा बालबालिकाहरूले खुशी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन् ।

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक र शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । यसले समाजमा शिक्षा तथा बालबालिकाको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

The post कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण appeared first on Jankari Kendra.

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमु , अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेका जनाएकोे छ ।

The post एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग appeared first on Jankari Kendra.

आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त २१८ आवेदनमाथि प्रारम्भिक स्क्रिनिङ सुरु भएको छ । छनोट तथा सिफारिस समितिले आवेदनकर्ताहरूका शैक्षिक तथा व्यावसायिक कागजातहरूको अध्ययन गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन परेको छ भने पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन परेका छन् । त्यस्तै राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिममा २०, सुदूरपश्चिममा १९, कृषि तथा वन विज्ञानमा १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ आवेदन परेको छ ।

सरकारले जारी गरेको एकीकृत कार्यविधिअनुसार सर्टलिस्ट तयार भएपछि छनोट प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने समितिले जनाएको छ । उपकुलपति नियुक्तिका लागि गठित समितिको नेतृत्व शिक्षामन्त्री र मन्त्रालयका सचिवले गरिरहेका छन् ।

The post आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु appeared first on Jankari Kendra.

सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्षपनि देशव्यापी रुपमा ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनको तयारीमा रहेका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गर्दै फाउन्डेसनले छात्रवृत्तिको घोषणा गरेको हो।

छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ । यस प्रक्रियामार्फत एसईई उत्तीर्ण १०० जना योग्य विद्यार्थीलाई विद्यार्थीको छनोट गरिने फाउन्डेसनले जनाएको छ ।

यसैबीच, देशका दुर्गम क्षेत्रका प्रतिभाशाली एवं आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई यो छात्रवृत्तिमा विशेष प्राथमिकता दिइनेछ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई अध्ययनमा थप टेवा पुर्‍याउने उद्देश्यले एनसेलको तर्फबाट १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधासमेत उपलब्ध गराइनेछ ।

The post सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने appeared first on Jankari Kendra.

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष करियर सशक्तिकरण सत्र आयोजना गरेको हो ।

“ब्रिज द ग्याप : क्याम्पसदेखि करियरसम्म” शीर्षकमा आयोजित कार्यक्रममा भविष्यका प्रविधि नेतृत्वकर्ताहरूलाई कर्पोरेट क्षेत्रका अपेक्षा, तयारी प्रक्रिया तथा व्यावसायिक यात्राबारे महत्वपूर्ण जानकारी दिइयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पिपुल एण्ड कल्चरकी निर्देशक वर्षा विष्टले उद्योगका अपेक्षा करियर विकासका अवसरहरू तथा कलेज जीवनबाट कर्पोरेट जीवनतर्फको सहज संक्रमणका विषयमा जानकारी दिइन् ।

उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, भर्ती प्रक्रिया तथा करियर निर्माणका व्यावहारिक पक्षबारे अनुभव साझा गरेकि थिइन् । आयोजकहरूले विद्यार्थीहरूलाई यो सत्रले अध्ययनदेखि पेशागत जीवनसम्मको यात्रा बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै, प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको बताइएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले विद्यार्थीहरूको सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए ।

The post नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न appeared first on Jankari Kendra.

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
काठमाडौं । ब्रिटिस काउन्सिलले विद्यार्थी (शिक्षार्थी) को भाषिक यथार्थलाई प्रतिबिम्वित गर्ने तथा थप समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ । अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भ अनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ ।

विश्वका विभिन्न देशमा थुप्रै शिक्षा प्रणाली अनुसार विद्यार्थीले बहुभाषिक वातावरणमा अध्ययन गरिरहेका छन् तर विद्यालयमा प्रयोग हुने भाषा उनीहरुको घर परिवारमा बोलिने भाषाभन्दा फरक हुन सक्ने अवस्था छ ।

अहिलेको विश्वव्यापी परिवेशमाा अंग्रेजी भाषाले शिक्षा, अन्तर्राष्ट्रिय आवागमन र आप्रवासन तथा अवसरका क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको भएपनि ब्रिटिस काउन्सिलले सबै देशका लागि शिक्षा प्रणालीमाा एउटै प्रकृतिको भाषिक मोडेल उपयुक्त हुँदैन भन्ने ठानेको छ ।

यस्तो अवस्थामा ब्रिटिस काउन्सिलले समय र सन्दर्भ अनुकूल तथा प्रमाणमा आधारित अवधारणालाई ध्यान दिएको छ । जसबाट स्थानीय नीति निर्माता र शिक्षासँग सम्वन्धित सरोकारवालाले आफ्नो ऐतिहासिक, आर्थिक, राजनीतिक र सामाजिक यथार्थलाई ध्यानमा राखेर शिक्षण तथा सिकाइका लागि भाषासम्बन्धी निर्णय गर्न सक्दछन् ।

ब्रिटिस काउन्सिलको यस अवधारणाको केन्द्रभागमा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीलाई राखेको छ । फलस्वरुप यस्तो शिक्षा प्रणालीले शैक्षिक संरचना र यसका विविध पक्षमा भाषालाई सिकाइको मुख्य आधारका रूपमा स्वीकार गर्न सक्दछन् । साथै, अवधारणापत्रमा नीति निर्माण, पाठ्यक्रम र पाठ्य सामाग्रीको विकास, शिक्षण पद्धति, सिकाइ सामग्री, मूल्याङ्कन विधि, शिक्षक तालिम तथा शिक्षण प्रक्रियालाई उल्लेख गरिएको छ ।

अवधारणापत्रले कुनै पनि सफल भाषा नीति निश्चित भाषालाई शिक्षण माध्यम बनाउने भन्ने सवाल मात्र नभएको यथार्थलाई महसुस गरेको छ । यसको साटो कुनै पनि दृष्टिकोणको प्रभावकारिताबाट शैक्षिक प्रणालीले सिकाइ सफल तुल्याउने वातावरण तयार पार्न सक्छ वा सक्दैन भन्ने बिषयमा निर्भर हुन्छ । खासमा शिक्षा प्रणालीले सिकाइलाई कति प्रभावकारी रूपमा सहयोग र प्रवद्र्धन गर्छ भन्ने बिषय महत्वपूर्ण हो ।

जून देश र समुदायमा अंग्रेजीलाई शिक्षण र सिकाइको भाषाको ...

The post ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक appeared first on Jankari Kendra.

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको जनाएको छ । यस वर्षको एसइई नतिजाअनुसार १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार एसइईको नतिजा सार्वजनिक गरेको थियो । यसपटक परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

The post एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक appeared first on Jankari Kendra.

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
काठमाडौं । काठमाडौँ महानगरपालिका ले संस्थागत (निजी) विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।

विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा केन्द्रलगायत विस्तृत विवरण वेबसाइटमा उपलब्ध गराइएको महानगरले जनाएको छ ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह  (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ ।

महानगरपालिकाले शिक्षा ऐन तथा कानुनको कडाइका साथ कार्यान्वयन गरेसँगै छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको जनाएको छ । महानगरका अनुसार गत शैक्षिक सत्र २०८२ मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए । कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थी लाभान्वित भएका थिए भने गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गरेका थिए ।

The post काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो appeared first on Jankari Kendra.

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए बागमती प्रदेशबाट ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बागमती प्रदेशमा २० हजार ४२९ जना विद्यार्थीले उक्त जीपीए हासिल गरेका छन् । यो संख्या अन्य प्रदेशको तुलनामा उल्लेखनीय रूपमा उच्च रहेको देखिएको छ।

अन्य प्रदेशहरूको विवरण अनुसार

कोशी प्रदेश : ८ हजार ६७४ जना

मधेश प्रदेश : ६ हजार १७२ जना

गण्डकी प्रदेश : ३ हजार ९९९ जना

लुम्बिनी प्रदेश : ६ हजार ४३६ जना

कर्णाली प्रदेश : १ हजार २६८ जना

सुदूरपश्चिम प्रदेश : १ हजार ४१४ जना

नतिजाले उच्च जीपीए हासिल गर्ने विद्यार्थीहरूको संख्या प्रदेशअनुसार फरक–फरक रहेको देखाएको छ । बागमती प्रदेशले भने स्पष्ट रूपमा अग्रस्थान कायम गरेको छ ।

The post एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ? appeared first on Jankari Kendra.