Jankari Kendra

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी)  सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने तथा उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गरेका थिए। कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा र बीमा क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा सञ्चालक समिति, आधारभूत शेयरधनी तथा उच्च व्यवस्थापनको भूमिका र जिम्मेवारी, एएमएल/सीएफटी नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोणको अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणाली, एएमएल जोखिम नियन्त्रणका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चितता, नियामकीय प्रतिवेदन तथा अनुपालन व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा Insurance Core Principle (ICP)–22 को पालना, लाभग्राही स्वामित्व  सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता तथा प्रतिष्ठागत जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूलाई समेत समेटिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल ले स्वागत मन्तव्य व्यक्त गर्दै वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको समापन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सिटिजन लाइफले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित नियामक निकायहरूले जारी गरेका कानुनी तथा नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीप्रति आफ्नो विश्वसनीयता थप सुदृढ गर्दै वित्तीय अपराध नियन्त्रणका क्षेत्रमा ...

The post सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on Jankari Kendra.

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले बुधबार मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो ।

उक्त प्रतिनिधि मण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गदैै यो क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशत भन्दा बढी योगदान दिएको र देशभर १ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको अवगत गराए ।

छलफलमा नाडाले अर्थमन्त्री भट्टराई समक्ष दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहु–वर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन गरी तीन प्राथमिकता अघि सारेको छ ।

आफुहरु कर छुट माग्न नभई स्पष्टताको माग राख्न आएको भन्दै अध्यक्ष उप्रेतीले मन्त्री समक्ष दुई वर्षको लागत संरचना जानेको डीलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्ने व्यवस्था मिलाईदिन आग्रह गरे । साथै उनले, अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न नसक्ने जानकारी गराउँदै अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव समेत राखे ।

छलफलको अन्त्यमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसंग आग्रह गरे । प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उनले बताए ।

छलफलमा प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापा तथा राजश्व अधिकृत जय कुमार राउत समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, नाडाका बिसिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।

The post मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद appeared first on Jankari Kendra.

एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाउँदै गएको सशक्त उपस्थितिले लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा पनि थप पहिचान पाउने भएको छ। प्रतियोगिताको २०२६ संस्करणका लागि विभिन्न फ्रेन्चाइजहरूले तीन नेपाली खेलाडीलाई आ-आफ्नो टोलीमा समावेश गरेका छन्।

अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई एससी जाफना किंग्सले आफ्नो एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ। उत्कृष्ट ब्याटिङ, उपयोगी बलिङ तथा सशक्त फिल्डिङ क्षमताका कारण ऐरी लिगको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजमध्ये एक जाफना किंग्सका लागि महत्वपूर्ण खेलाडी हुने अपेक्षा गरिएको छ। उनको छनोटले विश्व क्रिकेटका फ्रेन्चाइज प्रतियोगिताहरूमा नेपाली खेलाडीको बढ्दो प्रभावलाई प्रतिबिम्बित गर्दछ।

एससी जाफना किंग्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा भित्र्याएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको परिचित नाम बनेका लामिछानेको विभिन्न फ्रेन्चाइज प्रतियोगितामा बटुलेको अनुभव तथा आक्रामक स्पिन बलिङ क्षमताले जाफनाको बलिङ आक्रमणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, कोलम्बो क्याप्सले शीर्षक्रमका ब्याटर कुशल भुर्तेललाई आफ्नो एसोसिएट स्टारका रूपमा चयन गरेको छ। आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय अनुभवका कारण भुर्तेलले कोलम्बोलाई शीर्षक्रममा थप विकल्प प्रदान गर्नेछन्।

दुई फरक फ्रेन्चाइजमा तीन नेपाली खेलाडीको छनोटले नेपाली क्रिकेट प्रतिभाप्रति बढ्दो सम्मान तथा लंका प्रिमियर लिगमा एसोसिएट राष्ट्रका

खेलाडीहरूको विस्तार हुँदै गएको भूमिकालाई उजागर गरेको छ। यसले दक्षिण एसियाका समर्थकहरूसँग प्रतियोगिताको सम्बन्ध अझ बलियो बनाउँदै व्यापक दर्शक सहभागिताको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आईपीजीका संस्थापक तथा अध्यक्ष अनिल मोहनले भने, “नेपालको क्रिकेट समर्थकहरू अत्यन्त उत्साही छन्। एलपीएलमा नेपाली खेलाडीको सहभागिताले नेपाली बजारसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्छ। उनीहरूको छनोटले एलपीएललाई प्रतिस्पर्धात्मक तथा क्षेत्रीय रूपमा सान्दर्भिक टी-२० प्रतियोगिताका रूपमा विकास गर्ने हाम्रो उद्देश्यलाई थप बल पुर्‍याउँछ।”

नेपालका खेलाडीहरूले टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित एलपीएल सिजन ६ ले प्रतियोगिता अवधिभर नेपाली क्रिकेट समर्थकहरूको उल्लेखनीय चासो आकर्षित गर्ने अनुमान गरिएको छ।

The post एलपीएल २०२६ मा  नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट appeared first on Jankari Kendra.

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ। पछिल्लो समय उतारचढाव भइरहेको डलरको मूल्यसँगै अन्य प्रमुख युरोपेली तथा खाडी मुलुकका मुद्राहरूको विनिमयदरमा पनि केही परिमार्जन देखिएको छ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा कायम गरिएको छ। त्यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा तोकिँदा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य १०९ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ११० रुपैयाँ ३३ पैसा रहँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा कायम भएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा तोकिएको छ।

यसैगरी, एसियाली राष्ट्रहरू तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकका मुद्राहरूको विनिमयदर पनि निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा कायम भएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा रहेको छ।

खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भारतको मुद्रा भारतीय रुपैयाँ एक सयको खरिददर स्थिर रूपमा १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

The post यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ? appeared first on Jankari Kendra.

न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने
काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।

आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

The post न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने appeared first on Jankari Kendra.

२०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-

व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुपर्ने छ ।

बृष राशि-

नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला ।

मिथुन राशि-

आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ ।

कर्कट राशि-

आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

सिंह राशि-

हातहतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्‌ने देखिन्छ, भने कसैसंग मनमुटाव हुनसक्छ ।

कन्या राशि-

काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।

तुला राशि-

चल-अचल सम्पत्तिको ...

The post २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल appeared first on Jankari Kendra.

चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा
काठमाडौं । महानगर यातायात प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको बताइएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रा।लि।का सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । त्यस्तै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए ।

उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

त्यसैगरी, महानगर यातायात प्रा.लि.का सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए । उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ...

The post चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा appeared first on Jankari Kendra.

विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले आज विराटनगरमा नयाँ ओमोडा ई५ प्रो ईभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको बताइएको छ।

कम्पनीका अनुसार, नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्नुका साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त रहेको बताइएको छ। यसमा १८–इन्च अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँने कम्पनीको विश्वास रहेको छ।

बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्नुका साथै भित्री भागमा प्रिमियम क्याबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मेटरियल र आधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडास अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमयुक्त फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्ने जनाइएको छ।

नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरिएन्टका लागि ५१ लाख ५९ ...

The post विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट appeared first on Jankari Kendra.

रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग नयाँ दिल्लीमा भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी बनाएको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने उनको इच्छालाई स्वागत तथा पूर्ण समर्थन गरेको बताएका छन्।

उनले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुवै देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताए।

भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्दै नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, आपसी हित र सहकार्यका विविध विषयमा छलफल गरिरहेका छन्।

The post रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’ appeared first on Jankari Kendra.

नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना निर्माण क्रममा लागत बढेपछि जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण सहायता दिने निर्णय गरेको हो।

यससम्बन्धी समझदारीपत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएदा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय ले हस्ताक्षर गरेका छन्। थप सहयोगसँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहायता २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।

यसअघि सन् २०१६ डिसेम्बरमा १६ अर्ब ६३ करोड ६० लाख येन बराबरको ऋण सम्झौता भएको थियो। तर निर्माण क्रममा मूल्यवृद्धि, निर्माण सामग्रीको लागत वृद्धि तथा प्राविधिक कारणले कुल लागत बढेपछि थप रकम आवश्यक परेको हो।

नेपाल–जापान सहकार्यअन्तर्गत निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग २०१९ देखि निर्माणाधीन छ। राजधानी काठमाडौंलाई अन्य प्रदेशसँग जोड्ने प्रमुख प्रवेशद्वारका रूपमा रहेको नागढुंगा क्षेत्रमा हुने सवारी जाम र ढुवानी समस्याको दीर्घकालीन समाधानका रूपमा यो आयोजना हेरिएको छ।

The post नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता appeared first on Jankari Kendra.

अब सीमा नाकामा ५ सयसम्मको सामान भित्र्याउँदा कर नलाग्ने
काठमाडौं । सरकारले सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ ।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्‍याएको हो ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’

तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ ।

यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो । सर्वोच्च अदालतले पनि यसमा कर नलिन सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो।

The post अब सीमा नाकामा ५ सयसम्मको सामान भित्र्याउँदा कर नलाग्ने appeared first on Jankari Kendra.

अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंक ले ५६ दिन अवधिको ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। उपकरण सोही दिन निष्काशन गरिनेछ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। बहुब्याजदरमा आवेदन दिन सकिने तथा ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको अवधि साउन १३ गतेसम्म रहनेछ। सोही दिन साँवा र ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भए प्रोराटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ।

राष्ट्र बैंकले खुला बजार सञ्चालन समितिलाई बोल पूर्ण वा आंशिक रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार रहने जनाएको छ। स्वीकृत रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा जम्मा गरिनेछ। पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्न सकिने चेतावनी पनि दिइएको छ।

राष्ट्र बैंकका अनुसार उक्त रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि तरलता अनुपात (एसएलआर) तथा अन्य तरलता सूचकमा गणना गर्न सकिनेछ। साथै, भुक्तानी मितिभन्दा अघि रकम फिर्ता वा पूर्वभुक्तानीको सुविधा नहुने स्पष्ट गरिएको छ।

The post अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै appeared first on Jankari Kendra.

ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?
काठमाडौं । ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा ई५ को फेसलिफ्ट भर्सन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार लन्च गरिएको हो।

५०.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको यस कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नुका साथै कारमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले २८८ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी रहेको छ ।

ओमोडाको फ्युचरिस्टिक डिजाइन दर्शनमा आधारित यस ईभीमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल, र विशेष प्यान्थम विङ टेललाइटहरु समावेश गरिएका छन् ।

५ स्टार सेफ्टी रेटिङ पाएको यस कारमा ७ वटा एयरब्याग र १९ भन्दा बढी एडास (उन्नत चालक सहायताप्रणाली) फिचर र ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा लगायत विशेषता दिइएका छन ।

कम्पनीका अनुसार यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, ड्राइभर मसाज सिट, ८सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर लगायत अन्य थुप्रै अत्याधुनिक फिचर पाउन सकिन्छ भने आठवटा आकर्षक रङहरूमा उपलब्ध यस कारको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ ।

कम्पनीले ओमोडा ओमोडा ई-५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ५० जना ग्राहकले भने ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपाली बजारमा यसअघि नै १५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिदै नयाँ ई५ प्रो अझ उन्नत प्रबिधी, प्रीमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ ।

The post ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ? appeared first on Jankari Kendra.

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य रु तीन लाख ११ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छ । मङ्गलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदीको मुल्य रु पाँच हजार ३ सय ७० रुपैँयामा कारोबार भईरहेको महासंघले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला रु पाँच हजार ४ सय ५ रुपैँयामा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४ सय ८७ र त्यति नै चाँदीको मुल्य ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

The post कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ? appeared first on Jankari Kendra.

वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात
काठमाडौं । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

चालु आवमा रु १० अर्ब ९४ करोड मूल्य पर्ने धान, रु पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र रु दुई अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी रु ५९ करोड मूल्यको माल्ट र रु ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

The post वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात appeared first on Jankari Kendra.