रबिन्द्र यादव
परासी, २२ मंसिर । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ । यहि मंसिर २४ र २५ गते अमलटारीको मध्यवर्ती होमस्टेमा प्रथम जिल्ला युवा सम्मेलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । वातावरण जनजागरण विकास मञ्च, दिप आदर्श सामाजिक विकास मञ्च, हरियाली एकतामञ्च नेपालको संयुक्त आयोजनामा युवाहरुको समस्या तथा चुनौतीलाई समाधानको बाटो खोज्न र अवसरहरुको पहिचान गरि युवाहरुलाई रोजगार बनाउन नयाँ रणनीती बनाउने उद्देश्यले यस सम्ममेलनको आयोजना गरिएको हरियाली एकता मन्च नेपालका अध्यक्ष एलऐन दवाडीले बताउनु
दुई दिवसिय सम्मेलनमा युवाहरुको समस्या न्यूनिकरण, युवा शक्तिको महत्व, सरकारको युवा लक्षित कार्यक्रम र जिल्लामा युवाहरुको अवसरहरुको विषयमा छलफल गरिने डयाड नेपालका अध्यक्ष किरण भूर्तेलले जानकारी दिनु भयो । अधयक्ष भुर्तेलका अनुसार जिल्लाका युवासँग सम्बन्धित विभिन्न संघ संस्थाका क्लबहरुबाट एक सय युवाहरु सम्मेलनमा सहभागिता रहने छ । सम्मेलनमा महत्वपुर्ण विषय लागूपदार्थ दुव्यसनी, उद्यमशील युवा, वातावरण र जौविक विविधता संरक्षण, राष्ट्र निर्माण युवा लगाएतका ५ वटा बुँदामा छलफल गरिने छ भने पत्रकार सम्मेलनमा युवा सम्मेलनको सम्पुर्ण तयारी परा भईसकेको आयोजकले जनाएको छ ।