वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ ।
मङ्गलवार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दै गर्दा स्टेजमा ढलेका फुयाँलको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ ।
फुयाँलको अन्तिम संस्कार बुधवार हुने बताइएको छ । हाँस्य सिरियल ‘तितो सत्य’मा ‘यो माई लभ’ पात्र मार्फत उनी निकै चर्चामा आएका थिए ।