कपिलवस्तु, पुस
आफ्नै हजुरआमाको शरिरमा आगो लगाई फरार रहेका बुद्धबाटिका नगरपालिका–१६ पत्थरकोट बस्ने २२ बर्षीय अरविन्द्र क्षेत्रीलाई प्रहरीले धन्चौराबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीले बताए अनुशार मानसिक सन्तुलन ठिक नभएको बताइएको क्षेत्रीले ७० बर्षीया हजुरआमा कमला कोइरालाई घर भित्र सुतिरहेको अवस्थामा शरिरमा आगो लगाई भागेका थिए ।
घाइते कोइरालालाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।