१९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस काभ्रेमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । भुकम्प सुरक्षाको बलियो आधार भुईचालो थेक्ने घर र भौतिक पुर्वाधार भन्ने मुल नारा सहित काभ्रेको सदरमुकाम धुलिखेलमा भुकम्पीय सुरक्षा दिवस मनाईएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितीको आयोजनामा भुकम्पीय सुरक्षा दिवस मनाईएको हो । कार्यक्रममा नेपाली सेना बिष्णुदल गणका मेजर दिनेश न्यौपानेको नेृतृत्वमा भुकम्प गएपछि कसरी घाईतेहरुको उद्धार गर्ने सकिन्छ भन्ने प्रदर्शनी समेत देखाएको थियो ।४ तले घरमा हेलिकप्टरबाट छिर्दै त्यहाँ डोरीहरु लगाएर भित्र भएका विरामीलाई बिरामीहरुको अवस्थाको आधारमा प्राथामिकता राख्दै उद्धार गर्ने काम समेत भएको दृश्यहरु प्रदर्शनमा देखाईएको थियो ।
न्यौपाने भन्छन् हामी कसरी संकटको सामना गर्न सक्ने भन्नेबारे पहिल्यै आफैले आत्म निर्भर हुनुपर्ने र अरुको ज्यान बचाउन जस्तो कठिन परिस्थीती पनि सामना गर्न तयार रहनुपर्ने कुरा बारे बताएका थिए । सोहि कार्यक्रममा काभ्रे नाट्यकर्मी संघले पनि भुकम्प पछि जनमानसमा पर्न गएको मानसिक असर र भूकम्प पछीको पुन निर्माण संग सम्बन्धित जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेको थियो ।नाटकमा अभीनय भने कार्यक्रममा जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष प्रमुख कलाकार तथा संचारकर्मी पुजन धिताल,सनम सुवाल,र सुदिप रेग्मी,सुनिता बीसुन्खे वीवेक तिमल्सिना, सहदेव दाहाल,कमल दाहाल,अमरकृष्ण चन्नले गरेका थिए l
नाटकको निर्देशन भने सुमन रंजितले गरेका हुन्l जिल्ला अधिकारी शिव सिंखडा डिएसपी नविनराज राई ,लगायत विभिन्न सरकारी कार्यलयका प्रमुख तथा विभिन्न गैरसरकारी संस्थाहरुको उपस्थीती रहेको थियो । कसरी सुरक्षा गर्ने ,आगामी दिनमा भुकम्प प्रतिरोधि घरहरु निर्माण कसरी गर्ने भन्नेबारे ,र्याली समेत गरिएको थियो । कार्यक्रममा भुकम्पपछि बनाईने संरचनाबारे भवन डिभिजन कार्यलय काभ्रेका प्रमुख अष्टलाल सुवालले सबैले बेलैमा सचेत भएर लाग्नुपर्ने कुरा राखेका थिए । उनले गत ०७२ को भुकम्पबाट क्षेति भएका संरचनाहरुको तोकिएको मापदण्ड अनूरुप निर्माण गर्न सके कुनै भुकम्पको पनि चिन्ता नपर्ने जोड दिएका थिए ।