गायक प्रकाश ओझा नाबालिकालाई यौन शोषण गरेर अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ परेका छन् ।
युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्ने, तस्बिर लिने र त्यही फोटो देखाएर ब्यालमेलिङ गर्ने गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। ४३ वर्षीय ओझालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो।
ओझा काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले दाबी गरेको छ। अदालतले कैद फैसला सुनाए लगत्तै ओझा फरार थिए ।