लक्ष्मी बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख ३ गतेदेखि खुला भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको हो । जेठ ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा चैत्र १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद खरिद गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालय हरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर , नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले जनाएको छ ।