तिनकुने क्षेत्रमा छाडा पशुका कारण दुर्घटना हुन सक्ने
रोशन पोखरेल
अघिकांश सडक दुर्घटना छाडा पशुहरुका कारण हुने गरेको भन्दै राजमार्ग क्षेत्रमा छाडा पशु नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ तर राजधानीको मुटुमा अवस्थित तिनकुनेमा समेत गाईका बाछाहरु सडकमा हिडिरहेको देख्न सकिन्छ । राजधानीको सडक प्राय अस्तव्यस्त रहन्छ त्यसमाथि तिनकुने सबारी चाप रहने क्षेत्रमा पर्दछ । सडकमा बिहानै देखि साझ सम्म छाडा पशुका कारण मानिसको अकालमै ज्यान जान सक्ने र पशुहरु समेत मर्ने भएकाले सडक क्षेत्रका पशुहरु व्यवस्थापन गर्नुपर्ने पैदल यात्री बिरोचनले बताए । अर्का यात्रु मनिषले छाडा पशुहरुको बिगीबिगी तिनकुने क्षेत्रमा अत्यधिक रहेकाले सवारी दुर्घटनाको खतरा बढेको छ यस विषयलाई गम्भीरताको रुपमा लिई सवारी दुर्घटना न्यूनिकरका लागि छाडा पशु नियन्त्रण लिनु पर्ने सुझाव दिए । सवारी तथा यातायात व्यवस्था ऐनमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ तर एन नियमको पालन कसैबाट भएको पाईदैन । काठमाडौँमा व्यवसायिक रुपमा जर्सी गाई पाल्ने र बाच्छा भएमा सडकमा छोडी दिन चलन बढी रहेको पाईन्छ ।