महाअभियोगमा अापत्ति जनाउँदै गृहमन्त्री निधिद्वारा राजीनामा
सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्।
निधिले सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्।
महाअभियोग प्रस्ताव दर्ता गर्दा आफूसँग कुनै छलफल नगरेकोमा निधिले आपत्ति जनाएका छन ।