काठमान्डौ बासी धुलो र हिलोले हैरान, सम्बन्धीत निकाय कानमा तेल हाल्दै
काठमान्डौ बासी धुलो र हिलोले हैरान, सम्बन्धीत निकाय कानमा तेल हाल्दै

सम्पूर्ण निकायको जिम्मेवारी तोकिएको भए पनि आपसी समन्वय हुन नसक्दा ढल समस्याको सम्बोधन हुन नसकेको सम्बन्धित अधिकारीहरूको भनाइ छ । डिभिजन सडक कार्यालयले काठमाडौं भित्र पर्ने ३ सय ७ किलोमिटरको सडकका साथमा साइड ड्रेन (सडक छेउमा निर्माण गरिएको पानी जाने मार्ग) निर्माण, मर्मत तथा सुधारको काम गर्दै आएको छ । त्यस्तै आकाशबाट झरेको पानी व्यवस्थापनका लागि सडकको छेउमा ड्रेन निर्माण गरी सङ्कलन भएको पानीलाई केयूकेएलले निर्माण गरेको ढलको पाइपमा लगेर मिसाइन्छ । यदि ढलको पाइप सानो छ भने अर्को नयाँ पाइप बिछ्याउने काम पनि सडक विभागको नै हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु