अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न
अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न

अभियान मल्टिमिडियाले पहिलो पटक गरेको शैक्षिक मेलाको स्थलको रुपमा मकवानपुरको हेटौँडा सहरलाई छानेकोमा पनि सबैले आभार व्यक्त गरेका थिए । पछिल्लो समय हेटौडाले राष्ट्रिय रुपमा शैक्षिक गन्तव्य बन्ने सम्भावना देखाउँदै गएकाले त्यसका लागि पृष्ठपोषण होस् भन्ने मनसायले हेटौँडामा मेला गरिएको आयोजक मिन अधिकारीले बताएकाा छन् । अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्न लागेको मकवानपुर जिल्लाको हेटौँडा शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको सहर हो । यस क्षेत्रमा स्वदेशी अर्थात नेपालकै निजी लगानीकर्ताले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेका छन् । मेलामा हेटौडामा संचालित कलेजहरु तथा हेटौडा र काठमाण्डौका कन्सल्टेन्सी गरी गरी करिब ५० वटा शिक्षण संस्थाको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु