परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात ‘पास’ भएका छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ रिजल्ट ?
एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।
यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।
त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।
स्रोत परिक्षा नियन्त्रण कार्यलय , बिभिन्नन अनलाइन पत्रिका