नवलपरासीको परासी महेशपुरको सडकखण्डमा राखिएको बिस्फोटक पदार्थ सेनाद्धारा डिस्पोज ।
नवलपरासीको परासी महेशपुरको सडकखण्डमा राखिएको बिस्फोटक पदार्थ सेनाद्धारा डिस्पोज ।

शनीवार परासीमा भएको झडपले त्रसीत सर्वसाधरणमा एका बिहानै बम भएको हल्ला भएपछि स्थानीयहरु झनै त्रसित बनेका थिए । बम डिस्पोज गर्दा बिस्फोटक पदार्थ जस्तो आवाज आएपनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त शंकास्पद वस्तु बम नभई समान्य बिस्फोटक पदार्थ भएको पुष्टि गरेको छ । दोसो चरणको चुनावको क्रममा नवलपरासीको परासी क्षेत्रका केही गाँउपालिकाहरु सम्बेदनशिल मानिएकाले यस क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारीएको छ । घटनास्थलमा कुनै समुहको पम्पलेट चिठी पत्र नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ , कुन समुह र किन विष्पोटक पदार्थ राखेको हो अनुसन्धान भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु