नेपालमा बसेर केहि गर्न सकिदैन, वातावरण नै छैन, यो भएन, त्यो भएन भनेर बिभिन्न वाहानामा रूमल्लिदै अन्तिम विकल्प विदेशिनुनै देखेर दिनप्रतिदन लाखाै युवा विदेश गैरहेका छन। बाध्यतामा परेर होस वा देखासिकि गरेर विदेशिन चाहनेहरू विदेश पुग्न मात्रै पाए पनि पैसा अाफै अउछ झै गरेर अफ्नो भएको सम्पति समेत खर्च गरेर विदेश गैरहेका छन तर विदेश पुगे पछि नेपालमा गर्न लाज मान्ने जुन सुकै काम गर्न पनि पछि पर्दैनन। त्याँ पुगे पछि बध्यता हुन्छ। केहि हद सम्म देशको अर्थतन्त्र धान्न सहयोग पुगे पनि दिर्घकालको लागि देशको दिगो विकाशमा असर पर्ने देखिन्छ, परनिरर्भता बढ्छ साथै देशका स्रोतसाधन सदुपयोग नहुन सक्छ। नेपालमानै प्रशसत सम्भावना देखेका छन अध्यान पछि अमेरिका बाट फर्किएका अमुन थापा, प्राकिरण श्रेष्ठ, सुरज श्रेष्ठ र सुवल चित्रकारले, उनिहरूले पाँच वटा व्यवसाय सँचालन गरेका छन, सस्तो डिल, सस्तो वुक, अारिस पव, मैदान फुटसल र एन्थोपोज। उनिहरू यि व्वसाय बाट सन्तुष्ट छन। किनकि नेपाल मै बसेर पनि विदेशको भन्दा कम अम्दानि गरेका छैनन् । उनिहरूको एकता र विश्वासमा नै सफल हुने भनाइ छ । उनिहरूको सोच पैसा कमाउन विदेश नै जानु पर्छ वा विदेश मै बस्नु पर्छ भन्ने छैन नेपालमै पनि यस्ता धेरै राम्रो काम गरेर पैसा कमाउने बाटोहरू छन। त्याता तिर युवा हरूको ध्याननजानुको कारण विदेश जाने लोभले पनि हुनसक्छ तर स्वदेश छाडेर जानेहरू लाइ कम पिढा हुदैन। कुनै पनि काम सफल हुनकै लागि थाल्ने हो र अलि फरक काम थाल्दा सुरूमा मान्छेले विश्वास नगर्न पनि सक्छन कतिपयले त निराश पनि बनाउछन तर अाफ्नो काम प्रति विश्वास गरेर लागि परे सफलता अाफै हात पर्ने उनिहरूको अनुभव छ। सुरूमा उनि हरूले व्वसाय थाल्दा यस्तो व्वसायको नेपालमा बजार नै छैन भन्थे तर वजार त रहेछ गरे पछि न थाहा हुन्छ। गर्दै नगरि हुदैन भनेर वस्नु भन्दा काम गर्दा पनि भएन भने नयाँ अfइडा लिएर अर्को तरिका ले गर्न सकिने भनाइ उनिहरूको छ