काठमाडौं, ३० साउन
रौतहट : गौर नगरपालिका–३ कोइरी टोल बस्ने १६ वर्षीय प्रबेश मसरत साह बर्षादको पानीको कारण आइतबार बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोही ठाउँस्थित चिया प्यालेस होटल नजिक सोमबार शव उनको फेला परेको छ ।
यसैगरी रौतहटकै चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पुल नजिकै हाल नाम, थर, वतन नखुलेका करीव ६० वर्षीय पुरुषको शव पानीले बगाइ ल्याएको अवस्थामा सोमबार फेला परेको छ ।
यसैगरी रौतहटकै दुर्गाभगवती गाउँपालिका–१ भलैया बस्ने १६ वर्षीय सर्फेल भाट आइतबार हराएकोमा खोजी गर्दै जाँद सोही ठाउँस्थित बाँसघारीमा बाढीले बगाई मृत्यु भएको अबस्थामा सोमबार फेला परेका छन् ।
यसैगरी रौतहटकै दुर्गाभगवती गाउँपालिका–६ पचुरुखी बस्ने ४० वर्षीया कोसिला देबी घरबाट सामान निकाल्ने क्रममा अबिरल बर्षाको कारण आएको पानीमा डुबेर आइतबार मृत्यु भएको छ ।
यसैगरी रौतहट राजपुर गाउँपालिका–६ अकलवा बस्ने ४५ वर्षीय शेख हुसेन अबिरल बर्षाको कारण आएको बाढीमा परी आइतबार बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोमबार उनको शव फेला परेको छ ।
यसैगरी रौतहटकै गुजरा गाउँपालिका–७ बस्ने ३० वर्षीय मलाही राम सोही गाउँपालिका–४ स्थित गुजरा खोलामा नुहाउने क्रममा आइतबार डुबेर बेपता भएका छन् ।
यसैगरी रौतहटकै ईसनाथ गाउँपालिका–९ बस्ने अन्सारुल देवानको छोरा १४ वर्षीय सकिल देवान घर अगाडिको नहरमा बाढी हेर्न जाँदा बाढीले बगाई मृत्यु भएको छ ।
यसैगरी रौतहटकै देवाहीगोनाही गाउँपालिका–५ बस्ने हरेन्द्र रायकी छोरी ११ वर्षीया सिताकुमारी नहरमा खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएकी छन् ।
पर्सा : बीरगंज महानगरपालिका–१६ ईनर्वास्थित सरसैया खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर वतन नखुलेका करीव ४५ वर्षीय पुरुषको शव सोमबार फेला परेका छ ।
यसैगरी पर्साकै जगरनाथपुर गाउँपालिका–५ मसियानी बस्ने ५० वर्षीय बासुदेब हजारा सोही ठाउँस्थित आफ्नै खेतमा पानी हेर्न जाँदा गण्डक नहरमा चिप्लेर खस्दा आइतबार बेपत्ता भएका छन् ।
बर्दिया : गुलरिया नगरपालिका–२ संघम बस्ती बस्ने ५३ वर्षीय बलबहादुर सिंह उनकै घर नजिकै नालाको पानीमा सोमबार मृत अबस्थामा फेला परेका छन् ।
सप्तरी : डाक्नेश्वरी नगरपालिका–८ बस्ने ६५ वर्षीय नथुनी राम आफ्नै खेतबारी हेर्न जाने क्रममा तरकैया खोलाले बगाएर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
उदयपुर : रौतामाई गाउँपालिका–६ बस्ने ५२ वर्षीया कर्णमाया मगर र उनकै ८ वर्षीय नाती सोही ठाउँस्थित रौता चिसापानी बजार गएकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा हुल्मा खोलाले बगाई मृत्यु भएको अवस्थामा खोलाको किनारमा दुबैजनाको शव सोमबार फेला परेको छ ।
बारा : महागढीमाई नगरपालिका–१ बरियारपुरटोल बस्ने नुरऐन मियाको छोरा १२ वर्षीय मैखुज मिया हुसेन र सोही ठाउँ बस्ने नजिर हुसेनको छोरा ११ वर्षीय सफराज हुसेनललाई गढीमाई मन्दिर नजिकै आएको बाढीले आइतबार बगाई लगेकोमा सफराजलाई सकुसल उद्धार गरिएको छ भने खोजी गर्ने क्रममा मैखुज मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यसैगरी बाराकै निजगढ नगरपालिका–११ बस्ने ३५ वर्षीया भवानीदेबी धामी सोही ठाउँस्थित शक्ति खोला तर्ने क्रममा आइतबार बगाई बेपत्ता भएकी छन् ।
यसैगरी बाराकै पचरौता गाउँपालिका–९ बस्ने ७० वर्षीय ब्रम्हदेब महतो अबिरल बर्षाको कारण हराएकोमा सोमबार सोही स्थानमा शब फेला परेको छ ।
कैलाली : खोलामा नुहाउने क्रममा आइतबार हराई बेपत्ता भएकी भजनी नगरपालिका–९ मत्यारी बस्ने ५५ वर्षीया माना गुरुङको खोजी गर्ने क्रममा सोमबार शव फेला परेको छ ।
सर्लाही : घर नजिकैको लखनदेही खोला तर्ने क्रममा खोलाले बगाउँदा बरहथवा नगरपालिका–१६ गंगापुर बस्ने १७ वर्षीया रोनुकुमारी मण्डलको आइतबार मृत्यु भएको छ ।
नवलपरासी : बर्दघाट नगरपालिका–१४ बस्ने ४० वर्षीय कोशबहादुर कामु मगर सोही ठाउँस्थित खजुरी खोलामा पौडी खेल्ने क्रममा आइतबार खोलाले बगाई बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।
दाङ्ग : तुलसीपुर उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय नेघबहादुर केसी सोही ठाउँस्थित कुवङ खोला तर्ने क्रममा आइतबार खोलाले बगाई बेपत्ता भएका छन् ।
मकवानपुर : बकैया गाउँपालिका–१ महादेव स्वस्तिक बस्ने ३२ वर्षीया सुनमाया मोक्तानको सोही ठाउँस्थित धियाल खोलाले बगाएर आइतबार मृत्यु भएको छ । उनका छोरा १३ वर्षीय बिशाल मोक्तानलाई बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि चपुर हस्पिटल रौतहटतर्फ लगिएको छ । उनको अवस्था सुधार हुँदै गरेको छ ।
यसैगरी बकैया गाउँपालिका–१ मोरङगे धाइराबास बस्ने ५० वर्षीय मानबहादुर भोलनको स्थानीय चादे खोलाले बगाउँदा आइतबार मृत्यु भएको छ ।
महोत्तरी : जलेश्वर नगरपालिका–२ खैराचोक बस्ने रामकुमार ठाकुरको छोरा १५ वर्षीय बिकीकुमार ठाकुरको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । अबिरल बर्षाको कारण आएको भेलमा बग्दै गई नजिकैको पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी स्थानिय र प्रहरीले उद्धार गरी जनकपुर नगरपालिका–४ स्थित शान्ती कमिटी अस्पतालमा लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ईलाम : माई नगरपालिका–८ लालखोला चैते बस्ने ९७ वर्षीय मदन मगरको घरमा आइतबार पहिरो गई घर लड्दा उनको मृत्यु भएको छ ।
घटनास्थलमा स्थानीय प्रहरी खटि गई उद्धार कार्य गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको छ ।