काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो।
नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तीण भएका छन् । आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।