प्रेमको नाटक गरेर फसाउन खोज्दा युवतिले यस्तो लेखेर अात्महत्या गरिन
काठमान्डाैं,
भनिन्छ प्रेम बिना संसार चल्दैन ,संसार प्रेममा अडिएको छ तर कहिले काहि यहि प्रेमलाइ हल्का रूपमा लिएर अाफ्ना क्षणिक चाहना पुरा गर्ने माध्यम बनाउने दुष्प्रयासले अकल्पनिय क्षति पनि निम्ताउन सक्छ । प्रेमकाे नाममा जो कोहिले पनि एकले अर्कोलाइ फसाएर क्षणिक स्वार्थ पुरा गर्ने माध्यम बनाउछ भने एक न एक दिन त्यसले नराम्ररी पिरोल्ने गरेका उदाहरणहरू प्रसस्त देख्दा देख्दै पनि प्रेमलाइ स्वार्थ पुरा गर्ने माध्यम बनाएर अर्काको भावनामा खेलवाड गर्दै अाफ्ना निहित चाहाना पुरा गर्ने परिपाटि प्रतिप्रधात्मक रूपमा देखावटि प्रचलन बनाएर विकसित गर्दै लैजानुले समाज कता तिर जादैंछ भन्ने प्रष्न चिन्ह पनि देखापर्ने गरेको छ ।
जसले गर्दा समाजमा अकल्पनिय घटना घट्ने गरेका छन । यस्तै एउटा घटना बुधवार काठमान्डाैं स्थित सोह्रखुटटे , नयाँ बजारमा घट्न पुग्यो । बिगत केहि बर्ष देखि काठमान्डाैं नयाँ बजारमा डेरा गरि बस्ने तेह्रथुम सदरमुकाम घर भएकी अन्दाजि २७ वर्षकी प्रमिला दाहालले डेरा बस्ने कोठामा पासो लगाएर आत्महत्या गरेकी छन । उनले लेखेको सुसाड नोटमा अाफुलाइ प्रेमिले बिभिन्न प्रलोभनमा परेर फसाएको र अहिले बिभिन्न बाहानामा टाडिदै गएकोले अात्मा हत्या गर्न बाध्य भएको लेखेकि छन ।उनले अाफुलाइ प्रेमको नाटक गरेर लामो समय देखि शारिरिक यातना दिने गरेको तथा अाफुले काम गरेको तलब नदिदिएको लेखेकि छन । यस्तै उनले अाफुलाइ पहिले बिश्वासमा पारेर स्वार्थ लिएको तर अहिले अाएर म तलाइ चिन्दिन को हो र जस्ता कुरा गर्दै टाढा हुन खोजेको साथै फोन, म्यासेजको रिप्लाइ नगर्ने , अाफुले अाफ्नो परिवार समेत त्यागेर अाफु भन्दा धेरै विश्वास गरेको मान्छेले धोका दिदा अाज यो अवश्था सम्म अाइ पुगेको लेखेकि छन ।
यसरी एकले अर्कोलाइ प्रेम गर्ने क्रममा परिवार,इष्टमित्र, साथि भाइ प्रति घमण्ड राखेर उसको साथ लिएर केहि गरेरेर देखाउनु पर्ने छ भन्ने जस्ता घमन्ड पालेर प्रेममा कसै प्रति अन्धभत्त भै दिनाले र पछि विश्वस घात झेल्नु पर्दा कुनै पनि सामधान नदेखि अात्महत्या सम्मको निर्णय लिन पुग्छन।
संसारमा जुनसुकै समास्याको पनि सामधान हुनसक्छ भन्ने कुरा नबुझ्ने तथा सामधान गर्ने तिर ध्यान दिएर धैर्यता लिन नसकि अवेशमा निर्यण लिदाँ यस्ता घटना हुने गरेको देखिन्छ ।
यसले पनि के प्रष्ट पार्छ भने समाजमा यसरि प्रेमलाइ हल्का लिएर अरूको भावनामा खेल्दै जिवन नै बर्बाद पार्ने अवश्था सम्म पुग्नुले क्षणिक लाभको प्रलोभनमा परेर एकले अर्कोको भवाना या जिवन माथि खेलबाड गर्न खोज्नु अघाडि नै सचेत रहन सके यस्ता घटना दोह्ररिन पाउदैनन ।