सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् । आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको छ ।
आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । भारतको रेवाडीकी ती महिलाका माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।
मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको बताइएको छ । उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ ।
सत्य खबर