काठमाडौं, १६ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय सदस्य हृदयेश त्रिपाठीले छुट्टै समूह निर्माण गर्दै एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।
त्रिपाठीसहित सांसद वृजेश कुमार गुप्ता, पूर्वसभासद् ईश्वरदयाल मिश्र, नेता पशुपतिदयाल मिश्र र जगदीश शुक्लाले राजपाबाट विद्रोह गरी स्वतन्त्र राजनीतिक समूह निर्माण गरेका छन् ।
त्रिपाठी समूह र नेकपा एमालेले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा एमालेको सूर्य चुनाव चिन्ह लिएर आगामी प्रदेश सभा र प्रतिनिधि सभामा सहभागी हुने सहमति भएको हो ।