• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ३१, २०८२
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

२०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ८. रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि

कात्तिक १३, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ । पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन् । अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन् ।फ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्सेली दूतावासबाट जारी भएको राहदानीमा भिसा ट्रान्सफर गर्न अध्यागमन पुग्दा उनको राहदानीमा अर्कै व्यक्ति उडेको खुलासा भएको हो। त्यसलगत्तै अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खबर गरेको थियो । फ्लोरेन्सको राहदानीमा अर्कै व्यक्तिलाई उडाउन सघाउ पुर्‍याएको आशंकामा विमानस्थल अध्यागमनका एक अधिकृतलाई विभागमा फिर्ता बोलाइएको छ ।

अध्यागमन विभागको सूचना अधिकारीसमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । निर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘अर्काको राहदानीमा डिपार्चर दिने कर्मचारीमाथि समेत छानबिन भइरहेको छ। प्रहरी र अध्यागमन दुवै निकायले अनुसन्धान गरिरहेको छ ।’विमानस्थलमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा फ्रान्सेली युवतीको राहदानीमा अवैध व्यक्ति उड्न सफल भएको अधिकारीहरू बताउँछन्। फ्लोरेन्स इन्डोनेसियामा व्यापार गरेर बस्दै आएकी छन् । उनको राहदानीमा उड्ने व्यक्तिबारे अध्यागमन कर्मचारीलाई थाहा छैन। तर, यसबीच फ्लोरेन्सले समेत नेपाल छाडिसकेकी छन् । पर्यटक भिसामा आएकी उनी कपन गुम्बामा मेडिटेसन गर्न बसेकी थिइन्। त्यहीँबाट उनको राहदानी भएको झोला हराएको प्रहरीमा उजुरी परेको थियो ।राहदानी रहेको झोला हराएपछि फ्लोरेन्सले महानगरीय प्रहरी वृत्त बौद्ध र प्रदर्शनीमार्गस्थित पर्यटक प्रहरीमा उजुरी गरेकी थिइन्। गुम्बामा मेडिटेसन गर्ने क्रममा उनी लिथुनियाकी एक युवतीसँग बसेकी थिइन् । केही दिन सँगै बसेकी लिथुनियाकी ती युवतीले फ्लोरेन्सको राहदानी दुरुपयोग गरेको हुन सक्ने आशंका गरे पनि अध्यागमन र प्रहरी अधिकारीले त्यसबारे प्रमाण जुटाउन सकेका छैनन् । 

‘यो वा त्यो वहानामा कर्मचारीमाथि कारबाही गर्नुभन्दा प्रविधिलाई बलियो बनाउनुपर्‍यो,’ विमानस्थलस्थित अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘न प्रविधि बलियो छ न त कर्मचारीलाई कुनै तालिम । कर्मचारीलाई निशाना मात्र बनाएर हुँदैन, गृह मन्त्रालय नै अध्यागमनको स्तरोन्नतिमा उदासीन छ ।’अध्यागमन विभागले पर्याप्त अनुसन्धानविनै ती फ्रान्सेली युवतीलाई असोज १३ गते शुक्रबार जाने अनुमति दिएको स्रोतले बताएको छ। फ्लोरेन्सको राहदानीबाट अर्कै व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । त्यसैगरी, अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने एयरलाइन्सका कर्मचारीको भूमिका शंकास्पद देखिएको छ ।विमानस्थल अध्यागमन कार्यालयमा भएको यो घटना पहिलो भने होइन। पुसमा समेत एक भियतनामी युवतीको राहदानीमा अर्कै युवती उडेकी थिइन् । अध्यागमनका अधिकारीले भियतनामी युवती लेथी किमतुको राहदानीमा को उड्यो भन्ने विषय पत्ता लगाउन सकेनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
    रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

    हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
    • हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
    • एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    • आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.