नेकपा एमालेलेबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा ३९ जना महिला सांसद हुने भएका छन् । ती मध्ये केही भाग्यमानी श्रीमान श्रीमती नै परेका छन् । एमालेबाट ३९ जना महिला समानूपातिकबाट सांसद बन्नेभएका छन् । खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन् ।
यस्तै जनजातिबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ । थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन् ।
यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन् । विघठित संसदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट सांसद बनेकी गंगाको नाम नयाँ शक्ति पार्टीबाट समेत नाम समानुपातिकमा थियो ।
यसै गरी एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ । तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक एमालेबाट सांसद बन्ने भएका छन् ।
मधेसीबाट जुलीकुमारी महतो, डा। पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन् । मुस्लिमबाट कालिला खान र समिना हुसेन सांसद बन्ने एमाले स्रोतले जनाएको छ ।
यी मध्ये सुजिता शाक्य नेता शंकर पोखलेको पत्नी हुन्, बिना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठको पत्नी र जुली महतो धुनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी पत्नी हुन् । जुली पहिलो संविधानसभामा सांसद थिइन् भने शाक्य र श्रेष्ठ पहिलो पटक संसद बन्दैछिन् ।